Logo

२०८३, कार्तिक २८गते


images
images

पोखरामा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

पोखरामा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध
    images

     राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाले ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाएको छ।
    नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै पनि प्रकारका कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासोबीच महानगरपालिकाले अघिल्लो वर्ष पनि यस्ता कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो। तर, त्यसको कार्यान्वयन भने भएन।

    images
    images
    images

    एसइईपश्चात् विद्यार्थीलाई कक्षा ११ प्रवेश सहज बनाउने भन्दै विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको नाममा मोटो रकम असुल्ने गरेका छन्।महानगरपालिकाले एसईई समापन हुनुपूर्व नै महानगरपालिकाको शिक्षा समितिले यस्तो निर्णय गरेको हो।

    images
    images
    images

    विद्यालय शिक्षा व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइएको महानगरको शिक्षा महाशाखाले जनाएको छ।

    images
    images

    यस्तै महानगरले विद्यार्थी भर्नाको कार्यक्रम आगामी वैशाख २ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्न आग्रह गरेको छ। विद्यार्थी भर्नाका नाममा लिइने प्रवेश परीक्षाहरू त्यसअघि सञ्चालन गरे पनि नतिजा भने सोही अवधिमा सार्वजनिक गर्न भनिएको छ। विद्यार्थीहरू छनोटका नाममा लिइने परीक्षामा जुन विद्यालयमा विद्यार्थी अध्ययन गरिरहेका छन्, सोही विद्यालयको माथिल्लो कक्षामा पढ्न चाहे विद्यालयले अनिवार्य भर्ना लिनुपर्ने महानगरको निर्देशन छ। आगामी शैक्षिक सत्रको पढाइ १० वैशाखमा सुरु गर्ने निर्णय पनि महानगरले गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ब्रिज कोर्स सञ्चालन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।