कृष्ण अन्जान, रूरूक्षेत्र । बैशाखकाे दाेस्राे हप्ता बारीमा छरेका मकै यतिबेला पाेलेर खाने भएका छन । तर रुरुक्षेत्रका किसानहरुका लागि बारीका मकै अज्ञात जन्तुले खाइदिन थालेपछि टाउकाे दुखाईकाे विषय बनेकाे छ ।
खै के ले खान्छ केही पनि देखिन्न, मकै खाएर डाँठ मानि झै बनाएकाे छ रुरु-३ कि कमला वि क ले भनिन् । याे समस्या कमला विककाे मात्र हाेईन । रुरुक्षेत्र गाउँपालिका भित्रका किसानहरुकाे हाे ।
बारीमा बुटै पिच्छे मकै ठाडै बुटामा खाएकाे छ ।
ढलेका बुटा त दुम्सीले खाए हाेला भन्नु ठाडै बुटा के ले खान्छ, कतिबेला खान्छ थाहै हुँदैन । रुरु १ का चिरन्जिवि ज्ञवालीले गुनासाे पाेख्नु भयाे । बारिमा कतिबेलै पनि केही देखिन्न तर मकैका घाेँगा रित्तै बनाए पछि के जन्तुले मकै खान्छ यसबारे केही अत्ताे पत्ताे छैन ।
रुरुक्षेत्र १ च्यूरेकका दिनानाथ ज्ञवालीका अनुसार बारीका मकै मध्यरात तिर अज्ञात जन्तुले खाने गरेकाे आशंका गर्नु हुन्छ । "दिउँसाेमा खाएकाे भएत खाने जन्तु देखिनु पर्ने साँझ सद्दे रहेकाे मकैकाे घाेँगाे बिहान मानि झै हुन्छ" - ज्ञवालीकाे भनाई छ ।
पाेहाेर पनि रुरुक्षेत्रका किसानहरुले याे समस्या भाेगेका हुन् । जस्काे कारण मकै उत्पादन पाँच प्रतिशतले घटेकाे थियाे । दिउसाेमा ढेडुवा बाँदर माउखाने लखेट्दा हैरान परेका किसानका लागि राति मा अज्ञात जन्तुले मकै खाइदिन थालेपछि किसान हरुकाे निद हराम भएकाे छ ।
रुरुक्षेत्रका किसान हरुकाे मुख्यवालि नै मकै हाे यहि मकै वर्ष भरि स्थानीय वासिन्दाहरुले पाेलेर उसिनेर पिसेर भुटेर आटाे सातु पिठाे बनाएर प्रयाेग गर्दछन र मकैकाे आटाे त याे क्षेत्रका किसान हरुकाे मुख्य खान्कि नै हाे सँगै गाई भैँसी बाख्रा कुखुराको दाना समेतमा यहि मकै खपत हुने गरेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology