Logo

२०८३, कार्तिक २८गते


images
images

६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा गुल्मीको मुसिकोटमा अन्तरक्रिया

६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा गुल्मीको मुसिकोटमा अन्तरक्रिया

images
  • सेतोमसी सहकर्मी
  • ६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा गुल्मीको मुसिकोटमा अन्तरक्रिया
    images

    लोक प्रसाद छन्त्याल, गुल्मी । ६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा गुल्मीको मुसीकोट नगरपालिकामा क्रियाशील सहकारी संस्थाहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    सहकारीमा शुसासन,प्रबिधी र एकीकरण भन्ने मूल नारा सहित ६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा नगर कार्यपालिकाको आयोजनामा त्यहाँ क्रियाशील सहकारी संस्थाहरू सँग पहिलो पटक अन्तरक्रिया भएको हो । नगरमा रहेका १५ सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको अन्तरक्रियाका सहभागीहरूले वर्तमान अवस्थामा वित्तिय सुशासन र विकासको लागि समान उद्देश्यका सहकारीहरु बिच एकतामा जोड दिएका थिए ।

    images
    images
    images

    देशभर करिब ३३ हजार बढी सहकारीहरु  भएको र त्यो संख्या लाई १० हजारमा झार्नु पर्ने उनीहरूको जोड थियो । उनीहरूले मुसिकोटमा रहेका २५ सहकारीलाइ एकीकरणको माध्यमबाट १० ओटा बनाइनुपर्ने समेत बताए ।

    images
    images

    कार्यक्रममा बोल्दै गुल्मी जिल्ला सहकारी संघका उपाध्यक्ष सोम सापकोटाले सहकारी संस्थाहरु विकासको मेरुदण्ड भएकोले पारदर्शी हुन अनलाइन व्यवस्थामा जानु पर्ने सुझाए । नगर प्रमुख जीवलाल खरेल (जिवन) ले आगामी वर्ष देखी सहकारी लगायत सबै निकायलाई कडाइका साथ अनुगमन गर्ने बताउँदै नगरले वडा नम्बर १ मा दुनाटपरी उद्योग सञ्चलन गरेको बताए ।

    आगामी दिनमा नगरले सहकारीहरु सँग मिलेर विभिन्न उद्योगहरू सञ्चालनर्न सक्ने समेत उनले औंल्याए । कार्यक्रममा महिला सहकारीका अध्यक्ष यमुना घिमिरे, नगर उपप्रमुख गंगा श्रेष्ठ लगायतले बोल्दै सहकारीहरु उद्यमशीलतामा केन्द्रित हुनुपर्ने बताए । अन्तरक्रियाले मुसिकोटमा नगर स्तरीय अन्तर सहकारी समिति गठन गर्ने समेत निर्णय गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।