राजेश पराजुली, पोखरा । जन्म भएको तीन वर्ष भित्रै बच्चाहरुमा यो समस्या देखिन थाल्ने गर्दछ । स्पेक्ट्रम डिसअर्डरका रुपमा लिइने यो स्वास्थ्य समस्याको खतरा केटीभन्दा केटाहरुमा चार गुणाले बढी हुने गरेको पाइएको छ ।
आमा बुबाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने अनुसन्धानले देखाएको छ । चिकित्सकसँग निरन्तर परामर्शमा रहे अटिजमको रोकथाम गर्न सकिने बताइएको छ ।
अटिजम भएका व्यक्तीहरुलाई सामाजिक रुपमा घुलमिल हुन, सञ्चारको विचलन, कल्पना शक्ति कम हुने र व्यवहार गर्नमा कठिनाइ, खेलहरू खेल्न नजान्ने जस्ता समस्याहरु देखापर्छन ।
यस्ता समस्या हरेक अटिजम भएका व्यक्तिहरुमा देखा पर्छन् । साथै उनीहरुमा रहने इन्द्रियहरूको उतारचढावको कारण अटिजम भएका व्यक्तिले आफूसँगको वातावरण, व्यक्ति र बस्तुप्रति भिन्दै प्रतिक्रिया देखाउँछ, जुन अस्वीकृत र असामान्य रुपमा देखा पर्छ ।
अटिजमको प्रसार बढ्दो छ । हरेक ८८ जनामध्ये एक बालबालिकामा यो समस्या देखा पर्नेगर्छ । अटिजम एउटा रोग नभएर मस्तिष्कको विशेष अवस्था हो । नेपालमा अटिजमबाट गुज्रिरहेकाको यकिन तथ्यांक छैन । विश्वमा यसको संख्या भने साढे दुईदेखि तीन लाखसम्म रहेको बताइन्छ।
आज अटिजम दिवसको अवसरमा नेपालको विभिन्न ठाउँमा चेतनामुलक कार्यक्रम गरेर मनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology