Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा तपाईंको मास्क खै ? अभियान सुरु

गुल्मीमा तपाईंको मास्क खै ? अभियान सुरु

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा तपाईंको मास्क खै ? अभियान सुरु
    images
    images

    जिल्लामा कोरोना संक्रमण वृद्धि भएसँगै ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी संक्रमण रोक्न अभियान सञ्चालन गरिएको हो ।

    images
    images
    images

    मास्क नलगाएका ब्यक्ति भेट्ने बित्तिकै प्रहरीले सोध्ने र उत्नीखेरै मास्क उपलब्ध गराउने गरेको छ । ‘म पनि मास्क लगाउँछु, अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने मुल नाराका साथ बिहिबारदेखि जिल्लाको सदरमुकाम तम्घास बजारमा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको आयोजनामा ‘तपाईंको मास्क खोई ? अभियान सञ्चालन गरिएको छ ।

    images
    images
    images

    जिल्लामा पनि संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । उनले भाेलिदेखि मास्क नलगाउनेलाई कार्बाही समेत गर्ने बताएकि छन् ।

    images
    images
    images

    यो अभियान जिल्लामा रहेका स्थानीय तहहरुले पनि सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरिन् । उनले कोभिड–१९ को नयाँ भेरियन्ट समेत आइसकेकाले सबै नागरिकलाई अनिवार्य मास्क, भौतिक दूरी तथा व्यक्तिगत सरसफाईमा ध्यान दिन आवश्यक रहेको भन्दै विश्वव्यापी महामारीबाट बच्नको लागि जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको पालना गर्न जिल्लावासी आम नागरिकलाई आग्रह गरिन् ।

    जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु गरिएको तपाईंको मास्क खोइ ? अभियान तम्घास बजार परिक्रमा गरिएको थियो । उक्त अभियानमा रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधीहरु, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, नागरिक अगुवा, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, पत्रकार महासंघ, जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका सदस्यहरु, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु, सबै सुरक्षा निकाय तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।