Logo

२०८३, कार्तिक २८गते


images
images

जोख बहादुर महरालाई मुख्यमन्त्री बनाउन ४४ सांसदकाे दावी पेश

जोख बहादुर महरालाई मुख्यमन्त्री बनाउन ४४ सांसदकाे दावी पेश

images
  • सेतोमसी सहकर्मी
  • जोख बहादुर महरालाई मुख्यमन्त्री बनाउन ४४ सांसदकाे दावी पेश
    images

    रूपन्देही । लुम्बिनी प्रदेशमा सत्तारूढ दलकाे तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी पेश गरेका छन।

    images
    images
    images

    बिहीबार प्रदेशसभामा मुख्यमन्त्री डिल्ली चाैधरीले राजीनामा दिएर इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हाे ।

    images
    images
    images

    सत्तारुढ दलहरुले माओवादी संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ सांसदको हस्ताक्षर सहित दाबी प्रस्तुत गरेका हुन।आज दावी पेश गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको छ।

    images
    images

    एमालेका २९,माओवादीका १०,जसपाका ३,एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएकाे हाे।

    नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्य थपिने गरी कांग्रेस गठबन्धन छाडेका संसदीय दलका नेता धर्मबहादुर चौधरीले भने आन्तरिक विवादका कारण हस्ताक्षर नभएको जनाइएको छ।

    माओवादीका महरा,एमाले संसदीय दलका नेता लिला गिरी,जसपाका भण्डारीलाल अहिर,एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २(१)बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ७ बुँदे सहमति गरेका थिए।

    प्रदेश प्रमुख शेरचनसमक्ष दावी पेश गर्न महरा,गिरीसहितका नेताहरू पुगेका थिए।शेरचनले छिटै कानुनी प्रकृया पूरा गरेर २५ गते मन्त्रीसमेत बनाउने गरि अगाडि बढाउन आग्रह गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जोख बहादुर महरा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।