Logo

२०८३, कार्तिक २८गते


images
images

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व

images
  • सेतोमसी सहकर्मी
  • लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व
    images

    रुपन्देही । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन्। नेपाल, चीन, पाकिस्तान र श्रीलंकाका धावकहरू सहभागी म्याराथनमा पुरुषतर्फको म्याराथनको उपाधि बागलुङका तीर्थ पुनले जितेका छन्। पुनले निर्धारित ४२.१९५ किलोमिटरको दूरी दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गर्दै स्वर्ण पदकसँगै नगद पाँच लाख रुपैयाँ प्राप्त गरे।

    images
    images
    images

    सोही दूरी दुई घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले द्वितीय स्थान हासिल गरे। उनले नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। कर्णालीका दुर्गाबहादुर बुढाले दुई घण्टा २२ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान प्राप्त गर्दै दुई लाख रुपैयाँ प्राप्त गरे।

    images
    images
    images

    प्रतियोगितामा अनिस थापा चौथो (एक लाख), किरण बोगटी पाँचौँ (८० हजार), सुशीलकुमार शाही छैटौँ (६० हजार), होमलाल श्रेष्ठ सातौँ (४० हजार), जुनेश खड्का आठौँ (२० हजार), राजन चौधरी नवौँ (१० हजार) र प्रकाश गैरेले दशौँ स्थान (पाँच हजार) हासिल गरे।

    images
    images

    अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन्। श्रेष्ठले निर्धारित उक्त दूरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन्। त्यस्तै, नेपाली सेनाको पूर्णराज्यलक्ष्मी न्यौपानेले एक घण्टा १९ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान र एपीएफकी पुष्पा भण्डारीले एक घण्टा २५ मिनेट १४ सेकेन्ड लिँदै तेस्रो स्थान हासिल गरे।

    विजेता श्रेष्ठले दुई लाख रुपैयाँ, न्यौपानेले एक लाख ६० हजार तथा भण्डारीले एक लाख २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे। पाँच किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल भए। छात्रतर्फ उमेश बरई प्रथम, सन्देश पाण्डे द्वितीय र आशिषकुमार क्षेत्रीले तृतीय स्थान हासिल गरे।

    खुला पाँच किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्वितीय र गणेशसिंह राउत तृतीय भए। पाँच किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय भएका थिए। पाँच किलोमिटरको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः जनही १५, १० र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

    नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुँदै शुरू गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए। लुम्बिनीमा आयोजना भएको अन्तर्राष्ट्रिय म्याराथनको छुट्टै महत्त्व रहेको जनाउँदै खेलका माध्यमबाट पर्यटन एवं लुम्बिनीको प्रवर्द्धन हुने उनको भनाइ छ।

    “यस पटकदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाल ओलम्पिक कमिटीसँगै, नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले पनि हातेमालो गरेको हुँदा म्याराथनको गरीमासँगै प्रचार पनि भएको छ,” श्रेष्ठले भने।

    लुम्बिनी स्क्वायरबाट शुरू भई भैरहवासम्म आएर पुनः लुम्बिनी स्क्वायरमा आएर दौड टुंगिएको थियो। लुम्बिनीबाट भैरहवा एसओएससम्म र त्यहाँबाट पुनः लुम्बिनी पुगेर टुंगिने गरी लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको रुट तय भएको थियो। ४२.१९५ मिटर दूरीको म्याराथनको दूरी प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय संस्था एम्स (एसोसिएसन अफ इन्टरनेसनल म्याराथुन एन्ड डिस्टेन्स रेसेज) का प्रतिनिधि आएर मापन गरेको थियो।

    आईएएफ (इन्टरनेसनल एथलेटिक्स फोरम) र एम्सले संयुक्त रूपमा प्रमाणपत्र दिएपछि अन्तर्राष्ट्रिय म्याराथनको क्यालेन्डरमा सूचीकृत भएको छ। लुम्बिनी म्याराथन प्रमाणीकरण भएसँगै नेपालमा अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको चार वटा म्याराथन भएका छन्। यसअघि काठमाडौँ म्याराथन, पोखरा म्याराथन र नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय म्याराथनको मान्यता पाइसकेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।