Logo

२०८३, आश्विन ९गते


images
images

अग्रलेख

किन टिक्दैनन् इस्मामा अधिकृत ?

किन टिक्दैनन् इस्मामा अधिकृत ?

images
  • सेतोमसी सहकर्मी
  • किन टिक्दैनन् इस्मामा अधिकृत ?
    images
    images

    इस्मा गाँउपालिकामा फेरी प्रमुख प्रशासकीय अधिकृतको सरूवा भएको छ । नयाँ को आउने हुन्? कहिले आउने हुन? थाहा छैन् तर बहालवाला अधिकृत विष्णु बहादुर घर्तीको सरूवा बगनासकाली गाँउपालिका, पाल्पामा भईसकेको छ। 
                  
    कर्मचारी सरूवा सामन्यतया नियमित प्रक्रिया हो।आम नागरिकलाई यस बारे त्यति चासो पनि रहँदैन्। तर अधिकांश इस्माली बीच यो अहिले चर्चाको विषय बनेकोले यसमा बहस आवश्यक ठानेको छु। किन टिक्दैनन् इस्मामा प्रशासकीय अधिकृत? निजामती सेवामा अब्बल ठहरी पास भएका कर्मचारीहरू इस्मामा फेल भएकै हुन त! कर्मचारी फेल भएका हुन वा स्थानीय सरकार? आखिर के गरिन्छ इस्मामा जसले गर्दा कर्मचारीहरू यहाँ काम गर्न सक्दैनन् बरू सरूवा हुन्छन् वा गराइन्छन्? किन नारायण महतलाई बारम्बार निमित्त बनाइन्छ? यो प्रसंगले इस्मा गाँउपालिकाको सुशासनलाई बारम्बार गिज्याई रहेको छ। 
         
    हालसम्मका प्रमुख प्रशासकीय अधिकृतहरू 

    images
    images
    images

    १. सरोज कुमार पोखरेल: २०७३ चैत १० देखि २०७५ भाद्र १२ 

    images
    images
    images

    २. चन्द्रकान्त बस्नेत : २०७५ भाद्र १३ देखि २०७६ फाल्गुन १२ 

    images
    images
    images

    ३. प्रेम चद्र अर्याल: २०७६ फागुन १३ देखि २०७६ चैत्र ५

    ४. नारायण महत(निमित्त): २०७५चैत्र ६ देखि २०७७ फागुन १९ 

    ५. विष्णुबहादुर घर्ती :२०७७ फागुन २० देखि २०७८ साउन १२ 

    ६. नारायण महत (पुनः निमित्त): २०७८साउन १२ देखि हाल सम्म ।

    ७. घनश्याम गाह: सरुवाको चिठी समेत दर्ता भएर पनि कार्यभार नसम्हालेका 
      
    (२०७६ चैत्र ५ देखि २०७७ फागुन २० सम्मको अवधिमा उल्लेखित कर्मचारीहरुका अतिरिक्त २ जनाले इस्मामा आउने सरुवा लिएको तर कार्यालयमा हाजिर नभइकन मनस्थिति बदलेको पाइन्छ ।)
           
    किन टिक्दैनन अधिकृतहरु ! 

    यसलाई दुबै पाटोबाट छलफल गरौ - कर्मचारी र जनप्रतिनिधि । पहिलो कर्मचारीबाट शुरु गरौ । उनीहरु गलत भएकाले टिक्न सकेनन् भन्ने मान्यताबाट कुराको उठान गरौं। उनीहरुको मानसिकता गलत हुनाले वा अख्तियारको दुरुपयोग गरेको हुनाले उनीहरुको फटाफट सरुवा भयो त ? अथवा अटेरी वा बेथिति गरे ? सबैले त्यस्तै गरे त !       
                 
    व्यक्तिगत रुपमा मैले सरोज कुमार पोखरेल, चन्द्रकान्त बस्नेत र विष्णु बहादुर घर्तीको कार्यसम्पादन हेरेको छु । प्रेमचन्द्र अर्याल जीसँग मेरो प्रत्यक्ष साक्षात्कार भएको छैन । पोखरेल र बस्नेत दुवै जना निजामतीमा लामो करियर भएका युवा हुन । कर्मचारीहरु मध्ये कम्पिटेन्ट पनि । नेपाल सरकारको सचिवका रुपमा भविष्यमा उनले कार्यभार सम्हाल्दा नौलो मान्न पर्ने  छैन। पोखरेल त उपसचिव भई पनि सके।  बस्नेत इस्माकै स्थानीय बासिन्दा भएकाले सदाचार र सुशासनमा सजक नहुने कुरै भएन । 
                 
    भर्खरै सरुवा हुने विष्णु बहादुर घर्ती जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा उनले बनाएको सदाचारी, बौद्धिक र शालिन छवि अहिले पनि कायमै छ। उसो त करियरका लागि वा हाल भएको भन्दा राम्रो ठाँउमा जाने चाहनाले समेत सरूवा लिने गरिन्छ तर इस्मामा त्यस्तो भएको छैन्। 
            
    तसर्थ बचेको अर्को पक्षबाट अब सन्दर्भ केलाउने हो भने इस्मा गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई कार्य सम्पादनको सिलसिलामा अवैधानिक र अख्तियार विपरीतका दवाब आँउछन भन्ने अड्कल सजिलै काट्न सकिन्छ ।
                  
    निमित्तको फण्डा !
      
    निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महत गाँउपालिकाका प्रिय पात्र हुन भन्ने  कुरा बुझ्न उनको निमित्तको पछिल्लो १ वर्षे कार्यकाल हेरे मात्र पुग्छ। उनकै कार्यकालमा स्थानीय सरकारका अपठ्यारा गाँठा त फुक्दा हुन् तर कागती खेतीको चर्चित भ्रष्टाचार काण्ड पनि उनी निमित्त हुँदा भएको हो। काम नै नगरी कर्मचारीलाई शुरूमै सबै रकम दिइएको थियो। भ्रष्टाचार बापतको १३ लाख फिर्ता भयो रे भन्ने सुनिन्छ तर कारवाही कसैलाई भएन् । 
               
    अत: प्रमुख प्रशासकीय अधिकृत बारम्बार सरूवा गरिनुले इस्मा सरकारले सदाचार र सुशासनको बाटो बिराएको प्रष्ट आभास हुन्छ। समग्र इस्माको विकास र समृद्धिको हितलाई सर्वोपरि ठानेर गाँउपालिका सुध्रिनु पर्छ। आफ्नो राजनैतिक अभिष्ट पूरा गर्न दवाब दिएर हुँदैन् । विधिसम्मत चल्नुपर्छ। 

    निमित्तबाट गाँउपालिका चलाउन खोज्नु पछाडिको तथ्य अब रहस्य रहेन। नारायण महतको अघिल्लो कार्यकालमा भ्रष्टाचार देखिएकोले उनलाई सो जिम्मेवारी पुनरावृति नगर्न समग्र इस्मावासीको तर्फबाट अनुरोध गर्दछु। 

    अन्त्यमा, इस्माको हितमा सबै पक्षको हातेमालो जरूरी छ । स्थानीय सरकारको टाउकोमा मात्र सबथोक थोपार्नु  जायज हुँदैन्। मेरे मनसाय पनि त्यो होइन। सबै खाले विभेदहरू त्यागेर समृद्ध इस्माको अभियानमा एकजुट हुनु अपरिहार्य छ। आउनुस, सबै जना जुटौं । 

    - भगतसिंह खड्का, इस्मा, गुल्मी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।