देवदह । रुपन्देहीको देवदह–२, पेटबनियामा दोश्रो जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ । ढेकावर डोजोको आयोजना र देवदह नगरपालिका–२, वडा कार्यालयको सहयोगमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा रुपन्देही जिल्ला तथा नवलपरासीका ११ वटा डोजोका खेलाडीहरुको सहभागिता रहेको ढेकावर डोजोका अध्यक्ष चित्रबहादुर गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा ढेकावर डोजो प्रथम भएको छ । खेलमा ढेकावर डोजोले ७ वटा स्वर्ण, ३ वटा रजत, ७ वटा काश्य पदक प्राप्त गर्दै प्रतियोगितामा प्रथम भएको अध्यक्ष गुरुङ्गले जानकारी दिए ।
यसैगरी न्यू होराईजन डोजो द्धितिय भएको छ । न्यू होराईजन डोजोले ५ वटा स्वर्ण, १ वटा रजत प्राप्त गर्दै द्धितिय भएको छ भने देवदह एकेडेमीले २ वटा स्वर्ण, २ वटा रजत र ५ वटा काश्य प्राप्त गर्दै तृतिय भएको छ । विजेता खेलाडीहरुलार्य पुरस्कार वितरण गर्दै देवदह नगरपालिका–२, का वडाअध्यक्ष दलबहादुर राकास्कोटीले खेलको विकासको लागि नगरपालिका लागिरेहेको बताए ।
उहाले खेलको विकास संगै उत्पादीत खेलाडीहरुको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक रहेकोमा जोड दिए । उहाले नगरपालिका र वडा कार्यालयमा प्राप्त बजेट अभावका कारण सोचे जस्तो काम गर्न नसकेको बताए ।
ढेकावर डोजोका अध्यक्ष गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–२, का वडा सदस्यद्धय अणप्रसाद न्यौपाने, प्रसाद गुरुङ्ग, कराते महासंघका केन्द्रिय सदस्य अमर राई, समाजसेवी बोमबहादुर गुरुङ्ग, नारायण ठकुरी लगायतले आ–आफना भनाई राखेका थिए ।
डोजोका सल्लाहकार यज्ञप्रसाद अर्यालको स्वागत र सरीमाया गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology