Logo

२०८३, श्रावण २७गते


images
images

पैँचाे पसल अगाडी थाेर्गेली तामाकाे रास, एक सिजनमै बीस टन बढि तामा बिक्रि

पैँचाे पसल अगाडी थाेर्गेली तामाकाे रास, एक सिजनमै बीस टन बढि तामा बिक्रि

images
  • सेतोमसी सहकर्मी
  • पैँचाे पसल अगाडी थाेर्गेली तामाकाे रास, एक सिजनमै बीस टन बढि तामा बिक्रि
    images
    images

    कृष्ण अन्जान, रूरूक्षेत्र । साउनकाे पहिलाे हप्ताबाट बाँसका झाँगहरुमा तामाका कलिला मुना आउन शुरु हुन्छ र भदौकाे मध्यसम्म याे क्रम चलिरहन्छ ।

    यहि मौसममा अधिकाँश थाेर्गेलीहरुले आफ्ना बाँसका गाँजभित्रका कलिला तामाका मुनाबाटै नुन तेल चिनि लगायतका वस्तुहरुकाे जाेहाे गर्छन । एकभारी तामाका मुना बाेकेर रुरुक्षेत्र  १ र ३ काे साँध थाेर्गेली बजार स्यालपाेखरीमा सन्चालित पैँचाे पसलकाे सँकलन केन्द्रमा आईपुगेका माझगाउँका कृष्ण बहादुर क्षेत्री गाेरेले भने  - "बारीमा उब्जेकाे चिज नबिक्ने भन्ने छैन अबत बारिका  छेउँछाउँका तामा पनि बिक्न थाले याे पटक बीस किलाे ल्याएँ ।"                                                                              FB_IMG_16282130312991634.jpg

    कृष्ण बहादुर क्षेत्री गाेरे जस्तै दर्जनौं थाेर्गेलीहरुले साउनकाे पहिलाे हप्ता देखि नै तामाका भारि बाेकेर पैँचाे पसलमा आउँने गरेका छन । "बारीकाे डाेरामा बाँसकाे झाँग थियाे गएर हेरेकाे दुईवटा तामा पलाएका रैछन बाेकेर पैँचाे पसलमा ल्याएँ किला दसेक भयाे" रुरु ३ खरबारी पाेखराका जीवनाथ भण्डारीले भने ।

    हरेक विहिवार रुरुक्षेत्र १ काे स्यालपाेखरीमा रहेकाे पेँचाे पसलमा अनेक थरि तरकारी सँकलन हुन्छ तर साउन र भदौका विहिवार भने थाेर्गेली किसानले ल्याएका तामाकाे रास लाग्ने गर्छ पैँचाे पसल अगाडी ।

    त्यसाे हरेक विहिवार तामाकाे मुल्य घटबढ हुने गर्छ । याे विहिवार पैँचाेले किलाेकाे बाह्र रुपैयाँमा तामा खरिद गरेकाे पैँचाे पसल सन्चालक नवराज ज्ञवालीले बताए । एउटा सिजनमा करिब बीस टन भन्दा बढि तामा थाेर्गाबाट पैँचाेले ऊठाउने गरेकाे पेँचाे पसलका सन्चालक रहेका घनश्याम ज्ञवालीले बताए ।

    गाउँ घरमै आएर पैँचाेले तामा सँकलन गरिदिने हुनाले पनि किसानलाई सजिलाे भएकाे रुरुक्षेत्र ३ का किसान लेखनाथ गौतम बताउँछन् ।

    हामीले तामा बाेकेर बजार बजार जाने कुरै हुन्नथ्यो बारीमा तामाले बाँसकाे झाँग मात्र बढ्थ्याे तर तामा बिक्न थालेपछि नुन तेल चलेकाे रुरुक्षेत्र ३ का कृष्णराज ज्ञवालीकाे प्रतिक्रिया छ ।

    थोर्गाको तामा, बुटवल बजारमा

    पैँचाेले सँकलन गर्ने थाेर्गेली तामाकाे बजार बुटवल हाे । तामे बाँसका कलिला तामाका मुना बाेकेर पैँचाे बुटवल पुग्छ जति बेच्ने बेच्छ र नविकेकाे तामा रिडी बजारमा रहेकाे आफ्नाे कारखानामा फर्काएर अचार बनाउँछ र चाँपेकाे तरकारी खान लायक बनाएर उपभोक्ता माझ पुर्याउँछ ।

    बारीका तामा बिक्न थालेपछि थाेर्गेली किसानहरु बुधबार देखि नै बाँसका गाँज चाहार्छन बेच्न मिल्ने तामालाई काटेर बुधबारनै विहिवार पैँचाे पसलमा लान ठिक्क पार्छन र साना मुना अर्काे हप्ताका लागि गाँजमै छाड्छन ।

    हुन पनि विहिवार त थाेर्गेली तामाले पैँचाे पसल अगाडि रमितै हुन्छ र किसान हरु कस्ले कति तामा ल्यायाे भनेर एक अर्काका मुखमा हेरेर मसाक-मुसुक गरिरहेका भेटिन्छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रूरूक्षेत्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।