कृष्ण अन्जान, रुरुक्षेत्र । व्यापार व्यवसायलाई न्युनतम मापदण्ड पूरा गरि सन्चालन गर्नु पर्नेमा अधिकाँश व्यवसायहरु मापदण्ड मिचेर सन्चालन गरिएकाे बजार अनुगमनमा खटिएकाे टाेलीले निष्कर्ष निकालेकाे छ । शुक्रवार रुरुक्षेत्र गाउँपालिका वडा न १ काे रिडी बजारमा गरिएकाे बजार अनुगमनका क्रममा पसलहरुमा बिक्रीका लागि राखिएका वस्तुहरुकाे मुल्यसूचि नराखिएकाे, सुर्तीजन्य सामाग्रीहरु विना इजाजत बिक्री बितरण गरिएकाे,औषधि पसलमा अनाधिकृत व्यक्तिले औषधि बेच बिखन गरेकाे, पसलहरुमा खरिद र बिक्री बिलहरु प्रयाेग नभएकाे र कुनै व्यवसाय दर्ता नभै सन्चालन गरिएकाे अनुगमनका क्रममा पाईएकाे अनुगमन टाेलीका प्रमुख गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले बताए ।
व्यापार व्यवसाय उपभोक्ता मैत्रि हुनुपर्छ, र उपभोक्ता हरुले आफुले खरिद गर्ने सामाग्री हरुकाे मुल्य उत्पादन मिती सँगै सामानकाे रकम उल्लेखित विल पाउने अधिकार हाे र उपभोक्तालाई गुमराहमा पार्ने काम गरिनु हुन्न भन्ने हाम्रो मान्यता हाे र गलत नियतले व्यापार व्यवसाय सन्चालन गरे कारवाहि गर्ने निकाए जतिबेला पनि सकृय रहेकाे र यहि कडिकाे रुपमा अनुगमन जारी रहेकाे सहायक प्रजिअ भण्डारीले भने ।
अनुगमनका क्रममा भेटेका त्रुटिहरु सच्याउन हामिले व्यवसायीहरुलाई सुझाव दिएका छौँ सबै उपभोक्ता हरुले देख्ने गरि मुल्यसुची राख्न, डिजिटल तराजुकाे प्रयाेग, व्यवसाय दर्ता र नविकरण गर्न, सुर्तिजन्य सामाग्रीलाई इजाजत लिएर विक्रि गर्न र उपभोक्ता मैत्रि व्यवहार गर्न भनेका छौँ याे पटक हामीले सुझाव दिएका छौँ फेरी गल्ती दाेहाेरिए कडा कारवाहि र सामग्री जफत गरिने पनि हामी सुझाउन चाहन्छौँ अनुगमन टाेलीका सदस्य घेरलु कार्यालयका अधिकृत लक्ष्मण घिमिरेले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीकाे सँयाेजकत्वमा रहेकाे अनुगमन टाेलीमा घरेलु कार्यालय गुल्मीका अधिकृत लक्ष्मण घिमिरे, ईलाका कार्यालय रिडीका ईन्चार्ज प्रहरी निरिक्षक शुभराज बम रुरुक्षेत्र गाउँ पालिकाका कर्मचारी राेमकान्त पाण्डे सँगै नेपाल पत्रकार महासँघ गुल्मीका प्रतिनिधि कृष्ण अन्जान ज्ञवाली रहनु भएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology