Logo

२०८३, आश्विन ९गते


images
images

रायोको सागमा विषादी

देवदहको सोमबारे हाटबजार अनुगमन : रायोको सागमा भेटियो अत्यधिक विषादी

देवदहको सोमबारे हाटबजार अनुगमन : रायोको सागमा भेटियो अत्यधिक विषादी

images
  • देवदहको सोमबारे हाटबजार अनुगमन : रायोको सागमा भेटियो अत्यधिक विषादी
    images
    images

    देवदह । देवदहको बनचौकीमा लाग्ने सोमवारे हाटबजारमा अत्यधिक बिषादीयुक्त रायोको साग विक्री गरिएको पाइएको छ । सोमवार नगरपालिकाले गरेको अनुगमनमा रायोको सागमा अध्याधिक बिषादी भेटिएको अनुगमन संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।  

    images
    images
    images

    सामन्यतया बिषादीको मात्रा ३५ भन्दा तल हुनुपर्नेमा रायो सागमा ४४.६५३ प्रतिशत कार्वामेट नामक विषादी भेटिएको नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    'केन्द्रिय कृषि प्रयोगशाला अन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, बुटवलमा सोमबारे हाटबजारका काउली, साग, टमाटर, सिमि, बन्दाकोपी लगायत ८ थरी तरकारी परीक्षण गरेको थियो ।' देवदह नगरपालिका बजार अनुगमन प्रमुख अधिकारीले भने, 'परीक्षणका क्रममा रायो सागमा अत्यधिक मात्रामा विषादी भेटियो ।'

    images
    images
    images

    विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग तत्कालका लागि उपभोग अयोग्य रहेको र छर्किएको विषादी न्यूनीकरणको लागी ४८ घण्टा क्वारेन्टाइनमा राख्न निर्देशन गरिएको जनाइएको छ । 

    ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजार अनुगमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।