Logo

२०८३, आश्विन ९गते


images
images

बजार अनुगमन : म्याद गुर्जिएका सामान बेच्ने स्टोर्सलाई एक लाख जरिवाना

बजार अनुगमन : म्याद गुर्जिएका सामान बेच्ने स्टोर्सलाई एक लाख जरिवाना

images
  • बजार अनुगमन : म्याद गुर्जिएका सामान बेच्ने स्टोर्सलाई एक लाख जरिवाना
    images
    images

    पोखरा  । पोखरामा आज बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई   एक लाख जरिवाना गरिएको छ ।

    images
    images
    images

    जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा सोमबार पोखराका विभिन्न पसलहरुको अनुगमन गरेको थियो ।

    images
    images
    images

    म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमन समितिले मीनबहादुर शेरचन स्टोर्सलाई सो रकम जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले बताए ।

    images
    images
    images

    उनका अनुसार सो स्टोर्सबाट पाँच लिटर १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मीट मसला दुई प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेट लगाएतका करिब रु २८ हजार नौ सय ६० बराबरको म्याद गुज्रेको सामान नष्ट गरिएको छ ।

    यसैगरी दालको लेवल नलगाएको, नूनको गोदाममा सरसफाई नगरेको भन्दै चेतावनी समेत दिएको छ । स्टोर्सका संञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर तीन दिन भित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ ढकालले जानकारी दिए ।

    त्यसैगरी पोखरा ३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्सले म्याज गुर्जेको १८ किलो रंगिन डुम्रि, नरिवल, ललिपापड लगायतका सामग्री नष्ट गरी सो स्टोर्सका संञ्चालक लाई रु १० हजार जरिवाना गरिएको छ । त्यसैगरी सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेको ११ किलो सूजी सहित नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नविकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । सो पसललाई रु पाँच हजार जरिवाना समेत तोकेको छ ।

    यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्र सहित तीन दिन भित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

    जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

    समितिले पोखराको मुख्य बजार चिप्लेढुङ्ंगामा रहेको भागिरथ स्टोर्समा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि सो पसललाई रु ५० हजार जरिवाना गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजार अनुगमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।