"मैले तपाईंलाई भनेकै हो नि धेरै लखरलखर नहिँड्नु भनेर । लाग्यो कि लागेन कोरोना ? दुबै जना यसरी आइसोलेसनमा बस्नुपर्यो । आफूलाई त लाग्यो लाग्यो, मलाई नि सार्नुभयो ।"
कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि हीराले श्रीमानलाइ भनिन् ।
"त्यही त के निहुँ पाऊँ भएको थियो, निहुँ पाइहाल्यौ नि । मैले सारेको होइन कोरोना । यस्तो बेलामा नि तिम्रो माइतीलाई आउनुपर्छ यहाँ । ल्याए होलान् नि तिनैले ।"
श्रीमानले पनि भन्ने मौका पाउँदा बाँकी राखेनन् ।
"मूर्ख मान्छेहरु किन जुध्छौ एकअर्कामा ? मलाई कसैले पनि सारेको होइन । मलाई त तिमीहरू आफैँले निमन्त्रणा गरेका हौ । ल भन त मलाई , अहिलेसम्म तिमीहरूले मबाट बच्ने कुनै सावधानी अपनाएका छौ ?"
कोरोना भाइरसचै हीरा र उस्को श्रीमानलाई जिस्काउँदै खित्का छोड़ेर हाँस्दै अर्को मान्छे खोज्न थाल्यो ।
लेखक : हिरनमयी आचार्य शर्मा, गुवाहाटी, असम, भारत
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology