कविता : छोरीलाई अर्ती
छोरी तिमी मेरो मुटूकै एउटा चीरो हौ
के दियेर जानू र मैले खै
मुटु भरि, हात रित्तै भै
काठको सामानमा धमीरो लाग्छ
फलाममा नि खिया झनै लाग्छ ।
केही दिन्छु अर्तीहरू, संगाले रै राख
पछ्येऊरी मैं बांध
चौँबन्दि को तूनो मज्जाले कस्नु
समय बुझेर मुँसूक्क लजाँँऊदै हाँसनु ।
बरू थोरै खानु तर खाई्न न भन्नू
सकेसम्म अरूकै भोक देख्नु
आमा बन्न सारै छ, न त कठ्ठै
छोरी बन्नै सजिलो पो छ ।
ऊधों- ऊभों छ यँहा
हिंड़न सजिलो हैंन, गाह्रो छ यँहा
दो बाटो - चौँबाटो सबै नाँघनै पर्छ
सुन्नू सबैको र एऊटै गर्नू पर्छ
कोँहिले रोयेर बुझन खोजन्छन यँहा
कोँहिले रूवायेरै तोड़न खोज्छन यँहा ।
मुगँरो र भुकून्डो भै बाँचनु नै छ
आखिरीमा त छोड़ैरै जानुनै छ ।
सम्झिनु तिमी मलाई छोरी
मेरो भित्तो माँ टाँगेंको तस्बिर हेरी
बैनी र बाबा को माया मुटू मा राख्नु
सुखी हुदै, रमाऊदै संसार को तितो मिठ्ठो चाख्नु ।
प्यारी छोरी मेरी, मेरा अर्तीहरू ...
सदैव याद राख्नु
आफ्नू ख्याल राख्नु
आफ्नु ख्याल राख्नु ।।
- हिरनमयी आचार्य शर्मा
गुवाहाटी, असम, भारत
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology