Logo

२०८३, आश्विन १७गते


images
images

कविता

कविता : गाउँको विलाप

कविता : गाउँको विलाप

images
  • कविता : गाउँको विलाप
    images
    images

    ढले गाउका चौतारी सबै, बाझिए हरिया खेतबारी।
     सुनसान भयो बस्ती सारा घर आगन भए खाँली।।
    हराए गोरेटोको निसान वनमाराले ढाक्यो डाँडापाखा।
     नाममात्र बाकी छ गाँउको रोइरहेछ माटोको आँखा।।

    images
    images
    images

    युवाहरु सबै परदेशिए पसिनामा सपना साट्न।
     खेतमा अन्न रोप्ने हातहरू खाडिमा दु:ख काट्न।।
    हलो छुट्यो, कोदालो टुट्यो  गोठहरू ढले घर।
    छोडे सबले खेतीपाती गर्न, भयो बजारकै भर।।

    images
    images
    images


    बजारकै भरमा बाँच्यौ भात किनिन्छ पैसाले।
    माटोको मूल्य बिर्स्यौ  चल्यो जीवन ऐसले।।
    बाली होइन नोट उब्ज्यो, सम्बन्ध पनि नापिन्छ।
    आफ्नोपन हराउदै गयो  मान्छेलाई पैसामा दाजिन्छ।।

    images
    images
    images

    मुर्दा घाट पुर्‍याउने चार काँधको भयो अभाव।
    बिबाहमा जन्ती  छैनन् रित्तियो सारा गाव।।
    जुरुक्क  उठ्थ्यो गाउँ जाग्दै आज सन्नाटा मात्रै।
    शुभ अशुभ दुबै बेला  मान्छे खोजिन्छ सधैँ।।

    पाखा पखेरा  ढाक्यो झाडीले, चौर वनमा फेरियो।
    गाईबाख्रा पाल्दैनन् कतै  बाघ मृगले डेरा ग-यो।।
    बादरको दवदबा खेतमा, कसरी जोगाउने अन्न ?
    घरमा बस्ने मान्छे छैनन्  घर वरपर बन्यो वन।।

    पुग्न त पुगेछ गाउमा बाटो मोटर गुड्छन् छिनमै।
    तर गाउँमा मान्छे छैनन् बस्छन् याद र चिन्तामै।।
     उभिएका  छन् घर खाली आत्मा भित्रै भत्कियो।
    गाउँ रित्तियो क्रमश शहर देशकै मुटु चर्कियो।।

    कस्तो भयो समयको चाल लेख्नै प-यो यस्तो  लेख ।
    जन्मभूमि छाड्न बाध्य बने सन्तान  परदेशीको भेष।।
    यदि फर्किए हातहरू फेरि  माटो फेरि हाँस्नेछ।
    नत्र गाउँ इतिहासमा एकादेशको कथा बनेर बस्नेछ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।