Logo

२०८३, आश्विन १७गते


images
images

कविता :  नामले हुने हो भने …

कविता :  नामले हुने हो भने …

images
  • कविता :  नामले हुने हो भने …
    images
    images

    नामले हुने भए धनबहादुर
    त धनको भारी बोकेर हिड्थ्यो ।
    झुत्रो लुगामा जाडो काटेर हैन
    आधुनिक घर र कोठामा सुत्थ्यो ।।

    images
    images
    images

    जितबहादुरको हुने भए नाममै जित
    उसले कहिल्यै हार्न पर्ने थिएन ।
    चुनावमा उठेर धरौटी जफत 
    कैयौ समय भूमिगत हुनु पर्ने थिएन ।।

    images
    images
    images

    कालिका कहिल्यै गोरी हुने थिइन
    गोरी  कहिल्यै काली हुने थिइन ।
    नामले नै हुने भए 
    फुलमाया कहिल्यै तिरस्कृत हुने थिईन ।।

    images
    images
    images

    बुद्धि नाम हुने भए  बुद्धिले भरिएको
    गल्ती उसको कहिल्यै हुने थिएन ।
    गाउको त्यो चिन्तालाल
    सफल हुदा पनि खुसि देखिने थिएन ।।

    त्यसैले सबैले सुन्नुहोस एउटा कुरा

    न समाजवाद भन्ने समाजवादी छन्
    न कम्युनिस्ट भन्ने कम्युनिस्ट
    न माओवादी भन्ने माओवादी नै छन्
    सुसाशनका कुरा गर्ने सबै छन् भ्रष्ट ।।


    नामैमा शक्ति, नामैमा गौरव हुने भए
    यो देश हुन्थ्यो होला कस्तो ।
    प्रकृतिमा संसारकै सुन्दर छ
    नेता र नाममा पछि लाग्दा भयो आज यस्तो ।।

    नामको पछि हैन अब 
    व्यवहार र कामको लागौ पछि ।
    धुर्वीकृत र एकताबद्ध बनौ सबै
    विश्वास गरेर बढौ अघि ।।
    विश्वास गरेर बढौ अघि ।।।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।