Logo

२०८३, आश्विन १७गते


images
images

कविता

फर्क युवा, फर्क स्वदेशमा

फर्क युवा, फर्क स्वदेशमा

images
  • फर्क युवा, फर्क स्वदेशमा
    images
    images

    खेतबारीमा ऐसेलु र घघेरुका झाडी ।
    बाबा आमा हेर्नुहुन्छ आँसु झारी झारी।।
    झनै उजाड देखिदै छ जन्मिएको गाँउ।
    सपनीमा देख्छौ कि नाई मातृत्वको ठाउँ ।।

    images
    images
    images

    पशुपालन हराई गयो मल काहा हुन्छ।
    उर्वर माटो हराई गयो विषमा भुमि रुन्छ।।
    खेतीपाती गर्ने पनि कोहि छैन गाउमा।
    छोरो विदेश गए पछि बुहारी शहरमा।।।

    images
    images
    images

    गाउँको घरमा बाबाआमा एक्लै टोलाउने।
    सपनीमा बर्बराउदै छोराछोरी बोलाउने।।
    बिरामी भई ओछ्यानमा छैन पानी दिने।
    फोनमा ठिक छ भन्नै पर्यो सिरक भित्र रुने।।

    images
    images
    images

    युवाहरु विदेशमा पसिनामा डुब्दै।
    रेमिट्यान्सले आयातित वस्तु किन्दै रोज्दै रोज्दै।।
    तिमि हुदा विदेशमा सबै बिग्रियो यहाँ।
    प्रकृतिको स्वर्ग देश अन्त छ र कहाँ।।

    फर्क युवा फर्क अब स्वदेशमा फर्क।
    तिमी  आए यो देशको माटो  सबै बोल्छ।। 
    जोतौ खेत, खनौ वारि  गरौ उद्योग सुरु ।
    फल्छ अन्न फल्छ फलफूल जडिबुटी गुरु।।

    प्रविधि  र सीपहरु तिम्रै हातमा चल्छन् ।
    उत्पादनले देशका सबै बाधाहरु खुल्छन्।।
    आयात होइन, तिमी आए गर्छौ निर्यात ।
    बाबाआमा खुसि हुन्छन् पाउँदा तिम्रो साथ।।

    फर्क युवा तिमी फर्के नेपाल आमा हास्छिन्।
    उजाड छ लगाउ मलम नेपाल आमा नाच्छिन् ।
    युवा मिलि देश सजाउ मातृभूमि यो देश।
    नोकर हैन मालिक बनी बस्न हुन्छ बेश।।

    फर्क युवा फर्क अब सम्झिएर देश।
    गरौ मिहिनेत पोखौ पसिना बनाएर बेश।।
    नयाँ बिचार नयाँ नीति राखौ सोच नयाँ।
    फर्क युवा जुट युवा नहुने  के छ यहाँ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।