Logo

२०८३, श्रावण ३०गते


images
images

विजयनगरमा महिलालाई पोषण किट

विजयनगरमा महिलालाई पोषण किट

images
  • सेतोमसी सहकर्मी
  • विजयनगरमा महिलालाई पोषण किट
    images
    images
    प्रिन्स मिश्रा, कपिलवस्तु । जिल्लाको विजयनगर गाँउपालिकाले आज मंगलबार मुख्यमंत्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका महिलाहरुलाई पोषण किट वितरण कार्य सुभारम्भ गरेको छ । विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुगौली र पत्थरदैइया स्वस्थ्य चौकीबाट आज देखि सो कार्य थालनी गर्नु भएको हो ।
     
    पोषण किट हस्तान्तरण गर्दै आमा र बच्चा स्वस्थ रहने साथै प्रत्यक्ष स्वस्थ्य कर्मीको निगरानी भएकाले उच्च जोखिमबाट बच्न सक्ने भएकोले ढुक्क भएर प्रसुती गृहमा सुत्केरी गराउन थापाले अग्रहा गर्नु भएको छ । स्वस्थ्य चौकीमा पुगी चार पटक गर्भ जाँच ४, ६, ८ र ९ महिना नियमित रुपमा जाँच गराई प्रसुती गृहमा सुत्केरी गरेबापत नेपाल सरकारबाट पाउने सुबिधा सहित अतिरिक्त पोसिलो खानेकुरामा प्रोटिन पाउडर,चमनप्रास,मह,घीउ,लगायत आठ किसिमका पोषण किट वितरण कार्य प्र्रयोगमा ल्याइएको स्वस्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
     
    यसरी यस कार्यलाई विजयनगर वासी मात्र नभइ अन्य पालिकाका महिलाहरुले समेत सो सुविधा लिन सकिने अधिकारीले बताउनेु भयो । यस कार्यबाट नियमित रुपमा आमा र बच्चाको जीवन स्तर उठाउने शुन्य होम डेलेभरी गराउने साथै प्रसुती गृहमा सुत्केरी गराउदा हरेक जोखिमबाट सहजता पाउने लक्ष्य रहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।