राजेश पराजुली, पोखरा । पोखरा कास्कीको माछापुच्छे गाउँपालिका १ घाचोकको टुसेमा कुकुरले चितुवा (बाघ) मारेका छन् ।आइतबार बिहान घाचोकमा कुकुरहरुले चितुवा मारेका हुन् ।
आज बिहान एउटा रुखमा रहेको चितुवालाई डन्डे परियारले देखेका थिए । उनै परियारलाई चितुवाले आक्रमर्ण गर्न आए पछि कुकुरहरुले टोकेर मारेका हुन् । परियारलाई चितुवाले तीन पटक आक्रमण गरेको थियो ।
उनका हातमा घाउ भएको छ । शनिबार राति नै चितुवा रुखमा चढेको थियो । कुकुरहरु रुख मुनी रातभर कुरेर बसेका थिए । बिहान डन्डे परियार रुख मुनी आउने वित्तकै रुखबाट झरेर चितुवाले आक्रर्मण गरेको थियो ।
उनले प्रतिकार गरेर बाच्न सफल भएपनि कुकुरहरुको आक्रर्मणबाट चितुवा भने मरेको छ । उनलाई आक्रर्मण गरेपछि नजिकै बारिमा मकै खन्दै गरेका गाउँलेहरु पनि आएका थिए ।
चितुवालाई त्यहाँ रहेका ७/८ वटा कुकुरहरुले आक्रर्मण गरेर मारेको परियारले बताए । मृत चितुवालाई एक्यापका प्रर्तिनिधिहरुले लगेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology