Logo

२०८३, आश्विन ९गते


images
images

विश्ववरीयतामा ऐरीको नयाँ कीर्तिमान, अलराउन्डरतर्फ ११औँ स्थानमा

विश्ववरीयतामा ऐरीको नयाँ कीर्तिमान, अलराउन्डरतर्फ ११औँ स्थानमा

images
  • सेतोमसी सहकर्मी
  • विश्ववरीयतामा ऐरीको नयाँ कीर्तिमान, अलराउन्डरतर्फ ११औँ स्थानमा
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन्।

    images
    images
    images

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन्। त्यसैगरी ब्याटिङतर्फको विश्ववरीयतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन्। 

    images
    images
    images

    ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। 

    images
    images
    images

    ब्याट्सम्यानको नयाँ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेख ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन्। त्यस्तै, कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन्।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ऐरीको नयाँ कीर्तिमान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।