Logo

२०८३, आश्विन १०गते


images
images

एसिसी प्रिमियर कपमा आज युएईसँग सेमिफाइनल खेल्दै नेपाल, यस्तो छ हेड टु हेड

एसिसी प्रिमियर कपमा आज युएईसँग सेमिफाइनल खेल्दै नेपाल, यस्तो छ हेड टु हेड

images
  • सेतोमसी सहकर्मी
  • एसिसी प्रिमियर कपमा आज युएईसँग सेमिफाइनल खेल्दै नेपाल, यस्तो छ हेड टु हेड
    images
    images

    काठमाडौं । नेपालले आज एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्दैछ।

    images
    images
    images

    ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपालले आज संयुक्त अरब इमिरेट्ससँग सेमिफाइनल खेल्दैछ।

    images
    images
    images

    खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरू हुनेछ।

    images
    images
    images

    नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

    समूह चरणमा नेपाल अपराजित रह्यो।

    नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो।

    नेपाल  प्रिमियर कपको साविक विजेता हो।

    युएई नेपालको चिरपरिचित प्रतिद्वन्द्वी हो।  

    नेपालले युएईसँग अहिलेसम्म ९ वटा टी-२० खेलेको छ। जसमा पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएको छ।

    पछिल्लो खेल आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत गत कात्तिकमा खेलेको थियो।

    मुलपानी क्रिकेट ग्राउण्डमा भएको उक्त खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो।

    त्यसअघि नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो।

    मुलपानी मैदानमा नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो। कीर्तिपुर मैदानमा भएको फाइनलमा भने नेपाल पराजित भएको थियो। फाइनलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो।

    त्यसअघि सन् २०२२ मा नेपाल र युएईबीच टी-२० विश्वकप छनोटको सेमिफाइनल प्रतिस्पर्धा भएको थियो। ओमानमा भएको सो खेलमा जित हात पारे विश्वकपमा पुग्ने अवस्था थियो। तर नेपाल ६८ रनले पराजित हुन पुगेको थियो।

    त्यसअघि नेपाल र युएईबीच ओमानमै भएको टी-२० सिरिजमा नेपाल २५ रनले पराजित भएको थियो।

    सन् २०१९ मा नेपाल र युएईबीच भएको टी-२० सिरिजमा नेपालले तीन मध्ये दुई खेलमा जित निकालेको थियो। सो सिरिजमा नेपाल पहिलो खेलमा पराजित भएको थियो। तर दोस्रो र तेस्रो खेल जित्दै नेपालले सिरिज २-१ ले जितेको थियो।

    नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसिसी प्रिमियर कप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।