Logo

२०८३, आश्विन १२गते


images
images

पर्यापर्यटनमा आशा जगाउदै सकियो पञ्चासे महोत्सव

पर्यापर्यटनमा आशा जगाउदै सकियो पञ्चासे महोत्सव

images
  • सेतोमसी सहकर्मी
  • पर्यापर्यटनमा आशा जगाउदै सकियो पञ्चासे महोत्सव
    images
    images

    राजेश पराजुली, पोखरा ।  पोखरा कार्यक्रम र मेला महोत्सवको सहरका रुपमा परिचित छ । पोखराको शिर पञ्चासेमा पनि यसवर्ष नयाँवर्षको अवसर पारेर पर्यावरणीय शान्त पर्यापर्यटनको सन्देश दिने लक्ष्यमा आधारित रहेर पञ्चासे पर्यापर्यटन महोत्सव सम्पन्न भएको छ।

    images
    images
    images

    पोखराको शिर र फेवातालको मुहान मानिने पञ्चासेले यसपटक नयाँवर्षमा शान्त जंगल फेस्टिभल र जैविक विविधता संवर्धनको सन्देश दिने प्रथम पञ्चासे जैविक विविधता सम्मेलन गरि प्रकृति र पर्यावरण तर्फ फर्कौ भन्ने सन्देश दिन सफल भएको छ।

    images
    images
    images

    पञ्चासे ईको टुरिजम प्रालिले आयोजना गरेको पञ्चासे पर्यापर्यटन महोत्सवमा नागवेलीको सजावट, हलो जुवा सजाएर बनाईएको स्वागत गेट र परम्परागत सामग्रीको प्रदर्शनले एक नवीनतम् परम्परागत र साँस्कृतिक संयोजनको झल्को दिएको छ।

    images
    images
    images

    त्यसैगरी २५१७ मि उचाईमा र ५७७५ हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासे जंगल ,पर्यावरण र प्रकृतिलाई र सो परिधिभित्र पाईने सुनाखरी लगायत जैविक विविधतालाई अध्ययन अनुसन्धान गर्न आउनका निम्ति सो अवसरमा आयोजित विशेष पञ्चासे जैविक विविधता सम्मेलनले विश्वभर सन्देश छाडेर गएको स्थानीय लगायतको बुभाई छ।

    प्रकृतिको कुञ्ज र सुनाखरी वाटिकाका रुपमा रहेको पञ्चासेको स्वच्छ पर्यावरण, शान्त पर्यावरण र जैविक विविधतामय विभिषिकालाई उजागर गरि वन,वातावरण ,पर्यावरण ,प्रकृति र जैविक विविधता समेत अध्ययनका लागि अमिट सन्देश दिनसमेत यो कार्यक्रम सफल भएको कार्यक्रमका प्रमूख अतिथि समेत रहेका युवा व्यवसायी एबं पोखरा उद्योग वाणिज्य संघ उद्योग उपाध्यक्ष देवेन्द्र केसीले वताए।

    मेला महोत्सव धेरै छन् तर विशुद्ध शान्त पर्यावरण , प्रकृति र जैविक विविधता वारे सन्देश दिने र पर्यावरणीय पदयात्रामा आउँनका साथै अध्ययन अनुसन्धानमा आउँन आब्ह्वान गर्ने यो कार्यक्रम मूलत सफल भएको र आगामी सफलताको समेत सुभसङ्केत गरेको मैले महसुश गरेको छु केसीले भने। पञ्चासे पदयात्रा प्रस्तान विन्दुको मूलद्वार अन्नपूर्ण ,४ भदौरे देउरालीमा सम्पन्न भएको यो कार्यक्रमले भावी पुस्तामा पर्यावरण र प्रकृति साथै समग्र जैविक विविधताको अमिट सन्देश छाडेको साथै अत्यन्तै सकारात्मक कार्यको प्रारम्भ भएकाले यस्ता अध्ययन अनुसन्धानका कार्यलाई निरन्तर अगाडि वढाउन अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग गर्ने कार्यक्रमका संरक्षक अन्नपूर्ण गाउँपालिका प्रमूख विष्णुवहादुर केसीले वताए।

    कास्की ,स्याङ्जा र पर्वतका पालिकाका प्रतिनिधि हरुले समेत यो सुरुवातलाई जंगल फेस्टिभलका रुपमा आगामी वर्षदेखि संसारभर सन्देश दिने उद्धेश्यले वृहत् रुपमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने धारणा राख्दै साझा एेक्यवद्धता सँगसँगै सहयोगको समेत घोषणा गरेका थिए।

    नेपालको महत्त्वपूर्ण पर्यावरणीय कुञ्ज र प्रकृतिको भूस्वर्ग गन्तव्य पञ्चासे क्षेत्रमा शान्त पर्यापर्यटन मेला र जैविक विविधता सम्मेलनका माध्यमवाट पञ्चासे परिभ्रमण ,पर्यापर्यटन र जैविक विविधता र समग्र पर्यावरण अध्ययन अनुसन्धानका निम्ति संसारभरका मानव समूदायलाई आव्ह्वान गरिएको र आगामी कार्यक्रमलाई अझै विस्तार गर्दै वृहत् पर्यावरण फेस्टिभल र जंगल फेस्टिभलका रुपमा निरन्तर अगाडि वढाईने कार्यक्रमआयोजक संस्था पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले वताए।

    पर्यावरण र प्रकृति विचरण र पदयात्रा पर्यटनका साथै जैविक विविधता सम्वन्धमा स्थानीय समूदायलाई सुसूचित पार्ने उद्धेश्यले आयोजित कार्यक्रम नयाँवर्षको अवसरमा भदौरे देउरालीमा आयोजना भई विशेष पञ्चासे कार्यपत्र प्रस्तुति र पर्यावरण एबं पर्यापर्यटन सम्वन्धमा विज्ञहरुका वीचमा छलफल समेत गर्दै सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्यापर्यटन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।