देवदह । निर्धन उत्थान लघुवित्त बित्तिय संस्थाले छात्रवृत्ति वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाको बासटारी शाखा पाल्पाले छात्रवृत्ति प्रदान गरेको हो ।
बिहिबार एक कार्यक्रमबीच तानसेन नगरपालिका वडा नं ७ का वडा अध्यक्ष प्रदिप खनालले बगनासकाली गाउँपालिका वडा नं १ का रोशनी राना र तानसेन नगरपालिका वडा नं ५ का विनोद बोहोरालाई प्रतिव्यक्ति दश हजार रुपैया छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ ।
संस्थामा आवद्ध सदस्यहरूका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्दै आएको संस्थाले देशभरीका १८५ शाखाबाट दुई/दुई जनालाई छात्रवृत्ति प्रदान गरिएको संस्थाका शाखा प्रमुख शंकर पाण्डेले जानकारी दिए ।
छात्रवृत्ति वितरण कार्यक्रममा संस्थाका लेखापाल अनिता खरालले सहजीकरण गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology