नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदहमा बालविवाह रोक्न पुरोहितलाई प्रशिक्षण दिइएको छ । शिक्षा क्षेत्रमा क्रियाशिल गैरसहकारी संस्था सोइया महिला स्वावलम्बी संस्थाको आयोजनामा खैरेनीमा बुधबार पुरोहितलाई एकदिने प्रशिक्षण दिइएको हो ।
बालविवाह रोकथाम तथा न्यूनीकरण सम्बन्धी धर्मगुरुहरुसंग कार्यशाला गोष्ठी लेखिएको ब्यानरमा आयोजित प्रशिक्षण कार्यक्रममा पुजाकर्म क्षेत्रमा कृयाशिल ४० जनाको सहभागीता रहेको संस्थाले जनाएको छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले नेपाली परम्परा अनुसार धेरैजसो नागरिकहरूले चिना हेराउने भएकोले पुरोहितहरूले उमेर नपुगेका किशोर किशोरीलाई विहे गर्न नहुने कुरा जानकारी गराएको खण्डमा धेरैजसो बालबिवाह रोकिने बताइन् ।
उनले कम उमेरमा विवाह गरी बच्चा जन्मेको अवस्थामा आमा र बाल बाच्चाहरु दुवैलाइ स्वस्थमा असर पर्ने र अशक्त पनि हुनसक्ने बताइन् ।
बालविवाह रोक्न धर्मगुरुहरुको महत्वपूर्ण भुमिका हुने उनको भनाइ छ ।
अधिकारकर्मी इन्दिरा अर्यालले सहभागी पुरोहितलाई प्रशिक्षण दिएकी थिइन् ।
सोइया महिला स्वावलम्बी संस्थाकी अध्यक्ष केशमाया थापाको अध्यक्षतामा कार्यक्रम सन्चालन भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology