Logo

२०८३, श्रावण ३१गते


images
images

जुम्लामा बालविवाहको अवस्था भयावह, कर्णालीमा दुई हजार बढी बालिकाको १० बर्ष नपुग्दै बिहे

जुम्लामा बालविवाहको अवस्था भयावह, कर्णालीमा दुई हजार बढी बालिकाको १० बर्ष नपुग्दै बिहे

images
  • जुम्लामा बालविवाहको अवस्था भयावह, कर्णालीमा दुई हजार बढी बालिकाको १० बर्ष नपुग्दै बिहे
    images
    images

    राजेश पराजुली, जुम्ला । स्वाथ्यचौकीमा गर्भ जाँच गराउन आउने गर्भवतीहरूको रिर्पोटअनुसार जुम्लामा बालविवाहको अवस्था भयावह रहेको देखिएको छ । यहाँका स्वास्थ्य संस्थाहरूले संकलन गरेको तथ्यांकअनुसार १० वर्षभन्दा पनि कम उमेरका बालबालिकाको विवाह हुने गरेको छ ।
     
    कर्णाली प्रदेशका १० जिल्लामा १० वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । ती जिल्लामा २० वर्ष उमेर नपुग्दै विवाह भएका बालिका तथा किशोरीको संख्या दुई लाख ५९ हजार पाँच सय ८३ थियो ।

    images
    images
    images

    यसमध्ये १० वर्षभन्दा कम उमेरमा विवाह भएका बालिका दुई हजार २ सय ४८ थियो । बालविवाहकै कारण परिपक्व नहुँदै गर्भाधारण, शिशुको जन्म, शिक्षाले निरन्तरता नपाउने, छोराको आशामा छोटो अवधिमै धेरै सन्तान जन्माउने, घरपरिवारको चौतर्फी बोझ थाम्नु पर्ने, आधारभूत स्वास्थ्य सुविधाको पहुँच नहुने, रोजगारीका अवसरबाट वञ्चित हुने जस्ता बाध्यता यहाँका महिलाले ब्यहोरिरहेका छन् ।

    images
    images
    images

    राष्ट्रिय जनगणना ०६८ अनुसार कर्णालीमा ५२ प्रतिशतको विवाह बालविवाह थियो । ग्रामीण भेगमा अहिले पनि बालविवाह व्याप्त छ । जसका कारण उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन् स्वास्थ्यमा असर देखिनेलगायत समस्या यहाँका महिलनाले भोगिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।

    images
    images
    images

    उनका अनुसार, बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले बर्सेनि करोडौँ खर्च गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन । सरोकारवालाको समग्र बुझाइअनुसार जनप्रतिनिधि र स्थानीय सरकार सक्रिय नबनेका, चेतनामूलक कार्यक्रम पनि औपचारिकतामा मात्र सीमित भएकाले ग्रामीण क्षेत्रमा प्रभाव पार्न नसकेको हो । प्रहरीमा बालविवाह गरेको भन्दै उजुरी नै पर्दैन । गाउँमा बालविवाह हुने गरे पनि उजुरीका रूपमा मुद्दा नआउने गरेको जुम्लाका डिएसपी नरेन्द्र चन्द बताउँछन् । चन्द भन्छन्, ‘०७५ सालमा एउटा उजुरी परेको थियो । हामीले मुद्दा चलाएका थियौँ । त्यसयता कुनै उजुरी आएको छैन ।’

    कर्णालीमा बालविवाहको अध्यावधिक तथ्याङ्क भने छैन । सामाजिक विकास मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुख अनिता ज्ञवालीका अनुसार, जनगणना ०६८ कै तथ्यांमा आधारित भएर बालविवाहको प्रतिशत निकालिएको हो । सो अनुसार कर्णालीका ५२ प्रतिशतको बालविवाह भएको देखिन्छ ।

    जनस्वास्थ्य सेवा कार्यालय, जुम्लामा आउने बिभिन्न स्वास्थ्य चौकीको रिपोर्टबाट उपलब्ध गराएको तथ्याङ्कअनुसार, २० वर्षमुनिका चार सय ५६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । कार्यालय प्रमुख सापकोटा भन्छन्, ‘औषधि सेवनमार्फत र औजारको प्रयोग गरेर गर्भपतन गराउने चार सय ५६ रहेको छ ।’

    उमेर नपुग्दै गर्भधारण गर्नुपर्ने अवस्थाका पछाडि बालविवाह नै मुख्य कारण रहेको स्थानीय जानकारहरू बताउँछन् । जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाको तथ्याङ्कअनुसार आव २०७८÷७९ को पहिलो तीन महिनामा ६ सय ५३ जना २० वर्षमुनिका बालिका गर्भवती भएका छन् । यसअघि २०७७÷७८ मा जुम्लाका आठै तहका पालिकामा २० वर्षमुनिका बालिका आठ सय ६० जना गर्भवती भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालविवाह
  • # जुम्ला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।