Logo

२०८३, श्रावण ३१गते


images
images

समाचार

जुम्लामा जिप दुर्घटना : सात जना घाइतेको उद्धार

जुम्लामा जिप दुर्घटना : सात जना घाइतेको उद्धार

images
  • जुम्लामा जिप दुर्घटना : सात जना घाइतेको उद्धार
    images
    images

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका- ६ धौलापानीमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    images
    images
    images

    जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप दिउँसो करिब १२ बजेर ५ मिनेटमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनालगत्तै निर्वाचन क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल को मोबाइल टोलीले नेपाल प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो ।

    images
    images
    images

    घाइतेहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • # जुम्ला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।