बुटवल । अर्घाखाँचीबाट बुटवल आउनेक्रममा फोर्स जिप दुर्घटनामा परेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-५ ५ दौरा चौपारीमा दुर्घटना अर्घातोसदेखि बुटवल आउदै गरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो ।
फोर्स गाडीको ब्रेक फेल भएपछि बाटो साइडमा गाडी दुर्घटनामा परेको थियो । गाडी पल्टिदा घाइते भएकाको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ड्राइभरलाई चोट लागेको बताइएको छ । गाडी पल्टिदा पार्किङ गरेर राखेको ट्याक्सीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology