Logo

२०८३, श्रावण ३१गते


images
images

नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एकजना गम्भीर घाइते

नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एकजना गम्भीर घाइते

images
  • नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एकजना गम्भीर घाइते
    images
    images

    देवचुली । नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमध्ये चालकको पहिचान खुलेको छ भने अरूको सनाखत भएको छैन । थप एकजना गम्भीर घाइते भएका छन् । बुलिङटारबाट नवलपुरतर्फ जाँदै गरेको ग १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका ८ मोडमा रहेको एउटा घरमा ठोकिएको हो । 

    images
    images
    images

    ‘जिप एकदमै ओभरस्पिडमा आएको देखिन्छ । अरु कारणहरू खुलेको छैन,’ नवलपुर प्रहरीका डिएसपी वेदबहादुर पौडेलले भने, ‘मृतकको सनाखत भैसकेको छैन ।’ 

    images
    images
    images

    गम्भीर घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको उनले बताए । मृतकमध्ये ३ जना पुरुष र ३ जना महिला छन् । बौंदीकाली गाउँपालिका ६ माझडाँडाका चालक छनबहादुर आलेको पहिचान खुलेको छ । सबै सोही गाउँका रहेको प्रारम्भिक सूचना छ । थप विवरण आउन बाँकी छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।