काठमाडौं । वेस्ट इन्डिज 'ए' विरुद्धको पाँच टी- २० क्रिकेट सिरिजअन्तर्गतको चौथो खेलमा नेपालले प्लेइङ ११ मा ८ परिवर्तन गरेको छ ।
नेपालले कप्तान रोहित पौडेलको नेतृत्वमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, प्रतिश जीसी, ललित राजवंशी र अविनाश बोहरालाई प्लेइङ ११ मा समेटेको छ ।
यसमध्ये गुल्सन, दीपेन्द्र र कुशल मल्लले मात्रै वेस्ट इन्डिजसँगको तेस्रो खेल खेलेका थिए । अनुभवी बलर करण केसी भने बेञ्चमा रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology