Logo

२०८३, आश्विन ९गते


images
images

सहकारी पिडितको आवाज बोकेर ‘खजुरे ब्रो’को टिम मोफसलमा

सहकारी पिडितको आवाज बोकेर ‘खजुरे ब्रो’को टिम मोफसलमा

images
  • सेतोमसी सहकर्मी
  • सहकारी पिडितको आवाज बोकेर ‘खजुरे ब्रो’को टिम मोफसलमा
    images
    images

    बुटवल । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘खजुरे ब्रो’को टिमले बिहिबार बुटवलका पत्रकारहरुसँग भेटघाट गरी चलचित्रको बारेमा जानकारी दिएको छ । चलचित्रको मुख्य पात्र खजुरेको भूमिकामा देखिएका कलाकार रेअर राईले चलचित्रमा खजुर पात्र सहरमा भविष्यलाई सोच्ने हैन अहिलेको वर्तमानमा कसरी जीवन जिउन सकिन्छ भन्ने कुरालाई कमेडी शैलीले प्रस्तुत गरिएको बताए । 

    images
    images
    images

    सहकारी पिडित र ग्रामिण सहकारीको दर्दनाक कथा समेटिएको फिल्मले देशको परिस्थिति बोलेको नायक रेअर राईको भनाई छ। चलचित्र पत्रकार संघ नेपाल, रुपन्देही शाखाको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्रका कलाकारहरुले दर्शकको माया बटुल्न मोफसलमा आएको बताएका छन्। 

    images
    images
    images

    त्यस्तै, अभिनेता महेश त्रिपाठीले चलचित्रको कथा फरक भएकोले आफू फिल्मसँग जोडिएको बताए । फिल्मले दर्शकलाई केही नयाँ र भिन्न अनुभूति दिने उनले धारणा राखे । उनले चलचित्रमा कविको भूमिकामा देखिएको जानकारी दिए ।कलाकार तथा निर्माता नवीन मानन्धरले चलचित्रमा सहकारीको ठगीको विषय साथै हामीले सधैँ देख्दै र सुन्दै आएको घटनाहरुलाई देखाउन खोजिएको जानकारी दिए । उनले चलचित्र सफल हुने आफू विश्वस्त रहेको सुनाए ।

    images
    images
    images

    दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्मको निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन् । अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।

    फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राई,शान्तिला तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।