Logo

२०८३, श्रावण ३०गते


images
images

संचार मन्त्रालयको विज्ञप्तिपछि इन्टरनेट सुचारु

संचार मन्त्रालयको विज्ञप्तिपछि इन्टरनेट सुचारु

images
  • सेतोमसी सहकर्मी
  • संचार मन्त्रालयको विज्ञप्तिपछि इन्टरनेट सुचारु
    images
    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेर इन्टरनेट नचलेको भन्ने समाचार खण्डन गरेको केही घण्टामै इन्टरनेट सेवा सुचारु हुन थालेको छ ।

    images
    images
    images

    रकम भुक्तानी नहुने भएपछि भारतको एअरटेलले इन्टरनेट ब्याण्डविथ काटेकाे र नेपालमा इन्टरनेट सेवाप्रदायकबाट प्राप्त सेवा ठप्प भएको केही कम्पनीले दावी गरेका थिए ।

    images
    images
    images

    तर मन्त्रालयले उक्त समाचारको विज्ञप्ति जारी गर्दै खण्डन गरेको थियो ।

    images
    images
    images

    त्यसपछि इन्टरनेट सेवाप्रदायक कम्पनीले इन्टरनेट रिस्टाेर भएको जानकारी गराए । इन्टरनेट नचलेपछि आम नागरिकले ति कम्पनीहरुलाई सामाजिक संजालमा सेवाग्राहीसँग अग्रिम शुल्क लिने अनि आफूले नतिर्ने भन्दै प्रश्न गरेका थिए ।

    त्यस्तै, सरकारको कदमसँगै इन्टरनेट चलेपछि कतै कम्पनीहरुले नै आफ्नो कमजोरी लुकाउन बहानाबाजी गरेका त होइनन् भन्ने प्रश्न खडा भएको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।