काठमाडौं । पार्टीको आधिकारिक निर्णय विपरित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेका जनता समाजवादी पार्टीका नेता महन्त ठाकुर अन्ततः अध्यक्षबाट निस्कासित भएका छन् । जनता समाजवादी पार्टीको आधिकारिक समितिको पत्र अनुसार निर्वाचन आयोगले ठाकुरको नाम हटाएको हो ।
निर्वाचन आयोगले जसपाको कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेको छ । एकल अध्यक्षमा जाने तथा ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी जसपाले आयोगलाई पठाएको पत्र पठाएअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
यससँगै अब जसपामा उपेन्द्र यादव एकजना मात्र अध्यक्ष कायम भएका छन् भने महन्थ ठाकुरको अध्यक्ष पद गुमेको छ । आयोगमा हेड काउन्ट हुँदा महन्थ ठाकुरसहित जसले विपक्षमा मतदान गरेका थिए । उनीहरुको नाम कार्यकारिणी समितिबाट हटाइएको जसपाले जनाएको छ ।
यद्यपी अहिले पनि महन्थ ठाकुरले आफू जसपाको अध्यक्ष रहेको भन्दै तराई मधेशका जिल्लाहरुमा कार्यक्रम गरिरहेकाछन् ।
यता निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिएपछि महन्थ ठाकुरले पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् भने सो मुद्दा अहिले विचाराधीन अवस्थामा छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology