Logo

२०८३, आश्विन १७गते


images
images

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पौडेल

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पौडेल

images
  • सेतोमसी सहकर्मी
  • पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पौडेल
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एकअर्काका पूरक भएको बताएका छन् । उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताए। 

    images
    images
    images

    नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ (एक्यान) द्वारा आज आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्ताे बताएका हुन् ।

    images
    images
    images

    उनले भने, ‘मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोका रुपमा लिन सकेका छौँ, हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम् धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।’ 

    images
    images
    images

    लेखापरीक्षकको सक्रियताका कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गरे राष्ट्रपति पौडेलले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउन्टेन्टका विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण हुन्छ भने । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।