Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीमा बुद्धजयन्तीको तयारी,  प्रधानमन्त्री र मित्रराष्ट्रका राजदूतलाई निम्तो

लुम्बिनीमा बुद्धजयन्तीको तयारी,  प्रधानमन्त्री र मित्रराष्ट्रका राजदूतलाई निम्तो

images
  • सेतोमसी सहकर्मी
  • लुम्बिनीमा बुद्धजयन्तीको तयारी,  प्रधानमन्त्री र मित्रराष्ट्रका राजदूतलाई निम्तो
    images
    images

    लुम्बिनी । लुम्बिनी विकास कोषले २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउन तयारी शुरु गरेको छ । जेठ १० गते परेको बुद्धजयन्ती एंव लुम्बिनी दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा गर्ने गरी तयारी तिव्र पारिएको छ । 

    images
    images
    images

    कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले प्रधान्मन्त्री प्रचण्डलाई भेट गरी औपचारीक रुपमा निम्ता दिएका छन् । उपाध्यक्ष लामाले प्रधानमन्त्री सहित गृहमन्त्री रवि लामिछानेलाई समेत भेट गरी बुद्धजयन्तीका लागि निमन्त्रणा गरेको कोषका कार्यकारि सदस्य श्याम रोक्काले जानकारी दिए । 

    images
    images
    images

    उक्त अवसरमा कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, वरिष्ठ निर्देशक ज्ञानिन राई, प्रशासन शाखाका नमराज अधिकारीको उपस्थिती रहेको थियो ।  

    images
    images
    images

    बद्धुजयन्ती एवं लुम्बिनी दिवसलाई व्यवस्थित बनाउनका लागि कोषले संस्कृती पर्यटन तथा नागरिक उडडन मन्त्री हितबहादुर तामाङको अध्यक्षतामा ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।  

    उनले कोषले बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउनका लागि ९ वटा विभिन्न उपसमितिहरु गठन गरिएको बताए । 
    दिवसका अवसरमा प्रधानमन्त्री सहित, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ एवं लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, विभिन्न देशका राजदुत लगायतका उच्च ओहोदा व्यक्तिहरुलाई निम्ता गरिएको कोषले जनाएको छ ।  

    प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमा दिन बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउने गरिन्छ । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत तिलौराकोट, रामग्राम र देवहदमा पनि विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ । 

    बुद्धपूर्णिमालाई नेपाल सहित बौद्ध राष्ट्रहरू भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओसमा राजकीय सम्मानका साथ मनाउँछन् । यस्तै नेपालसहित चीन भारत युरोप लगायतका देशहरूमा सम्मानको साथ मनाउने गरिएको छ । 

    नेपालमा तत्कालिन राजा त्रिभुवनले वि.स.२००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिएपछि नेपालमा रहेको लाखौ बौद्धमार्गी नेपालीले बुद्धजयन्ती मनाउन थालेका हुन् । लुम्बिनीमा वि.स. २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले लुम्बिनी दिवश पनि मानाउन थालेको हो । 

    विभिन्न बौद्ध मुलुकहरूको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्रसंघसमेत अन्तराष्ट्रिय रुपमै बुद्धजयन्तीलाई मान्यता प्रदान गरी ‘बैशाख डे’ का रुपमा विश्वभर रहेका आफ्ना सबै कार्यालयहरूमा बुद्धजयन्ती मनाउन बिदा दिँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।