Logo

२०८३, आश्विन ९गते


images
images

क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला सुरू, २४ कलाकार सहभागी

क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला सुरू, २४ कलाकार सहभागी

images
  • सेतोमसी सहकर्मी
  • क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला सुरू, २४ कलाकार सहभागी
    images
    images

    देवदह ।  देवदहमा क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला सुरू भएको छ । शुक्रबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले एक कार्यक्रमबीच कार्याशालाको उद्घाटन गरिन् ।

    images
    images
    images

    क्यानभासमा ऐतिहासिक देवदह कार्यक्रमको उद्धाटन गर्दै मन्त्री अधिकारीले बुद्धमावली देवदहको ऐतिहासिकता क्यानभासमा उतार्ने कुराले लुम्बिनी प्रदेशकै पर्यटन विकासमा योगदान पुर्याउने बताइन् ।  ऐतिहासिक महत्वको कार्यमा लुम्बिनी प्रदेश सरकारले आवश्यक सहयोग पुर्याउने उल्लेख गर्दै मन्त्री अधिकारीले यस प्रकारका कार्यक्रम लुम्बिनी प्रदेशका अन्य स्थानमा समेत हुनुपर्ने विचार व्यक्त गरिन् । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै आयोजक संस्था ड्रिम देवदहका अध्यक्ष सिद्धिचरण भट्टराईले ड्रिम देवदहले पुरा हुने सपना देख्ने र देखेका सपना पुरा गर्ने बताए । देवदहमा काष्ठकला पार्क, प्रस्तरकला पार्क लगायतका कार्यक्रमको परिकल्पना गरेर सोही अनुसार कार्यसम्पन्न गरेको उल्लेख गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष समेत रहेका अध्यक्ष भट्टराईले देवदहको इतिहासलाई क्यानभासमा उतार्ने कार्यले यहाँको पर्यटन विकासमा महत्वपुर्ण योगदान पुर्याउने बताए । 

    images
    images
    images

    प्राचिन कोलिय राज्यको राजधानी देवदहको इतिहास काठमाडौंको भन्दा पनि पुरानो रहेको प्रमाण भेटिएको दावी गर्दै अध्यक्ष भट्टराईले देवदह एउटा ऐतिहासिक सभ्यता र संस्कृतिको केन्द्र रहेको बताए । 

     नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा संचालित कार्यशाला आज र भोलि गरि दुईदिनसम्म चल्ने जनाइएको छ । कार्यशालामा २४ जना कलाकारले क्यानभासमा देवदहको इतिहास उतार्ने छन् । जसमा देवदह नगरपालिका संरक्षक, पर्यटन डिभिजन कार्यालय रूपन्देही सह-आयोजक र लुम्बिनी विकास कोष प्रवर्द्धकको भूमिकामा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।