Logo

२०८३, श्रावण ३०गते


images
images

नयाँ बजेट ल्याउने अर्थमन्त्री शर्मा को घोषणा

नयाँ बजेट ल्याउने अर्थमन्त्री शर्मा को घोषणा

images
  • सेतोमसी सहकर्मी
  • नयाँ  बजेट ल्याउने अर्थमन्त्री शर्मा को घोषणा
    images
    images

    काठमाडौ ।अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेट ल्याउने घोषणा गरेका छन्। मंगलबारको प्रतिनिधिसभामा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट ल्याउने घोषणा गरेका हुन्।  

    images
    images
    images

    देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराउँदै अर्थमन्त्री शर्माले भने, 'अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड १९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु।'

    images
    images
    images

    मुलुकको सीमित स्रोत साधनको अनुचित, अपारदर्शी र स्वार्थ प्रेरित दोहन हुने तथा स्वेच्छाचारिताले प्रोत्साहन पाउने अवस्था र आधार तयार भएको जनाउँदै उनले अध्यादेशकै माध्यमबाट बजेट लगायतका विविध विषयमा कानुनी बन्दोबस्त गरिने हो भने जनप्रतिनिधिमूलक शासन व्यवस्थाको कुनै सार्थकता वा प्रयोजन नरहने बताए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनार्दन शर्मा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।