देवदह । भाषा तथा संस्कृतिको संरक्षणबाट पहिचानको आधार तयार हुने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छ्न । देवदह नगरपालिका वडा नम्बर -२ मा सन्चालित भाषा तथा लिपि प्रशिक्षण कार्यक्रमको समापनमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।
उनीहरुले सवै जातिको तर्फबाट आफ्नो भाषा संस्कृतिको संरक्षणमा सामुहिक पहल हुनु पर्नेमा जोड दिएको थिए । २ नम्वर वडा कार्यालयले विनियोजन गरेको योजना अन्तर्गत भएको तालिममा गुरुङ र मगर भाषाको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा बोल्दै देवदह २ का वडा समितिका अध्यक्ष दलबहादुर राकस्कोटीले भाषा र संस्कृतिको संरक्षणबाट सामाजिक विकासमा योगदान दिने सकिने बताए । सवै जातजातिको विकासमा वडा समितिले समान धारणा राख्ने बताउँदै सवैको प्रयासबाट भाषा संरक्षणमा योगदान दिन सकिनेमा जोड दिएका थिए ।
त्यसै गरि गुरुङ भाषा अभियन्ता भिम गुरुङले राज्य र समुदायले सामुहिक प्रयास गरेर मात्रै भाषाको संरक्षण गर्ने सकिने बताए ।
कार्यक्रम संयोजक लिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु प्रसाद गुरुङ, ण प्रसाद न्यौपाने, वेलुमाया बमरेल, समाजसेवी यमबहादुर आले,दिलु थापा लगायतले बोलेका थिए ।
तालिममा ८० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology