Logo

२०८३, कार्तिक २८गते


images
images

तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै

तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै

images
  • सेतोमसी सहकर्मी
  • तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । तनहुँ र गोरखाका दुई जिल्लामा ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको बजेटमा ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ। तनहुँको व्यास–१० बोटेटारबाट व्यास–८ रिस्तीखोलासम्म छ दशमलव १३० किमी र आँबुनैरेनी–गोरखाबजारसम्म २४ किमी दूरीमा सडक स्तरोन्नति भएको हो। 

    images
    images
    images

    ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारबाट चार/पाँच वर्षमा आउने बजेटबाट सडक स्तरोन्नति, नाला र कालोपत्रलगायत कार्य एकैसाथ गरिएको हो।                                                                                     तनहुँ— तनहुँ र गोरखाका दुई जिल्लामा ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको बजेटमा ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ। तनहुँको व्यास–१० बोटेटारबाट व्यास–८ रिस्तीखोलासम्म छ दशमलव १३० किमी र आँबुनैरेनी–गोरखाबजारसम्म २४ किमी दूरीमा सडक स्तरोन्नति भएको हो। 

    images
    images
    images

    ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारबाट चार/पाँच वर्षमा आउने बजेटबाट सडक स्तरोन्नति, नाला र कालोपत्रलगायत कार्य एकैसाथ गरिएको हो। 

    images
    images


    दुई जिल्लाका लागि एउटै प्याकेजमा टेण्डर भएपश्चात् काम अघि बढाइएको सडक डिभिजन कार्यालय तनहुँका सब–इञ्जिनियर दीपेन्द्र पन्थले जानकारी दिए। उनका अनुसार सडक साँघुरो र बढी सवारी चाप भएका स्थानलाई प्राथामिकतामा राखी सडकका दायाँबायाँ बिस्तार गरी सवारी आवतजावतमा सहज बनाउन लागिएको हो। 

    गत माघमा निर्माण कम्पनी हिमाली कन्स्ट्रक्सन जेभीले सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाएको थियो। विसं २०८१ असार मसान्तभित्र सम्पन्न गर्नेगरी भ्याटसहित आठ करोड १९ लाखमा सो कम्पनीले ठेक्का पाएको थियो। व्यास मार्गअन्तर्गत करिब ७५ प्रतिशत कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीका सुपरभाइजर एवं इञ्जिनियर शैलेस तिमिल्सेनाले जानकारी दिए। उनका अनुसार सडक स्तरोन्नति कार्यपश्चात् दुईलेन सडकमा निर्वाधरुपमा सवारी गुड्न सहज भएको छ। 

    ‘सडक किनारमा नाला भत्किएको स्थानमा मर्मतसम्भार गर्दै नभएको ठाउँमा नाला निर्माण गरिएको छ,’ इञ्जिनियर तिमिल्सेनाले भने, ‘यस मार्गमा रोड मार्किङ र प्रिमिक्स कार्पेटका कार्य बाँकी रहेको छ, वर्षाका कारण नरोकिए समयभित्र काम सम्पन्न हुन्छ। 

    साथै आँबुखैरेनीको मर्स्याङ्दी नदीबाट गोरखाबजारसम्म निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनी गोरखा साइडका सुपरभाइजर कृष्णप्रसाद लालचनले जानकारी दिए। दुवै खण्डमा निर्माण तीव्र गतिमा भइरहेकाले सम्झौताअनुरुप काम सम्पन्न हुने अपेक्षा गरिएको डिभिजन सडक कार्यालय तनहुँले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तनहुँ र गोरखा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।