Logo

२०८३, कार्तिक २८गते


images
images

कास्की प्रहरीको हिरासतमा रहेका थुनुवाको नि:शुल्क स्वास्थ्य परीक्षण

कास्की प्रहरीको हिरासतमा रहेका थुनुवाको नि:शुल्क स्वास्थ्य परीक्षण

images
  • सेतोमसी सहकर्मी
  • कास्की प्रहरीको हिरासतमा रहेका थुनुवाको नि:शुल्क स्वास्थ्य परीक्षण
    images

    राजेश पराजुली, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेकाहरुको स्वास्थ्य परीक्षण भएको छ । शनिबार विहान हिरासतमा रहेका ५८ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र नेपाल औषधी व्यवसायी संघ कास्कीका साथै पद्म नर्सिङ होम अस्पताल नदिपुर-३ को सहयोगमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम भएको हो ।

    images
    images
    images

    कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कास्की जिल्लाका अध्यक्ष धिरज गौतम, पद्म नर्सिङ होमका संचालक एवं सुपरभाईजर यादव गौतम, वरिष्ठ फिजिसियन डा. सुदर्शन सुवेदी, मेडिकल अफिसर डा. विज्ञान कोइराला, नर्स प्रेम लामिछाने लगातयको मेडिकल टोलीले स्वास्थ्य परीक्षणसहित उचित परामर्शसहित औषधी वितरण गरेको हो ।

    images
    images

    कायक्रममा जिल्ला प्रहरी कार्यालय कास्काका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले सहयोग र सहकार्य प्रति औषधी व्यवसायी संघ कास्की र पद्य नर्सिङ होम प्रति आभार प्रकट गरे । सो अबसरमा हिरासतमा रहेका महिला र महिला प्रहरी कर्मचारीहरुलाई समेत निशुल्क सेनेटरी प्याड हस्तान्तरण गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।