Logo

२०८३, कार्तिक २८गते


images
images

आज अन्तर्राष्ट्रिय नर्स दिवस

आज अन्तर्राष्ट्रिय नर्स दिवस

images
  • सेतोमसी सहकर्मी
  • आज अन्तर्राष्ट्रिय नर्स दिवस
    images

    राजेश पराजुली, पोखरा । आज अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    images
    images
    images

    ‘नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा नेपालका नर्सिङ्ग कलेज तथा सम्बन्धित संघसंस्थाले कार्यक्रम गर्दैछन् ।

    images
    images
    images

    ‘लेडी विथ द ल्याम्प’को उपनामले चिनिने फ्लोरेन्स नाइटिंगेलको जन्मदिन अर्थात् हरेक वर्ष मे १२ तारिखका दिन योदिवसमनाउनेगरिन्छ।नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा इटालीको फ्लोरेन्समा भएको थियो ।

    images
    images

    जर्मनीमा नर्सिङ तालिम गरेकी उनलाई क्राइमिया युद्धका क्रममा सन् १८५३ मा टर्कीको सैन्य अस्पतालमा पठाएको थियो । टर्कीमा सैनिकको हेरचाह तथा स्याहार गरिएकोे त्यो पहिलो पटक थियो ।

    सन् १९१० मा नाइटिंगेलको ९० वर्षको उमेरमा निधन भयो । सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलले हरेक मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्स दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सुरक्षित कार्यस्थल, गुणस्तरीय नर्सिङ सेवा, रोजगारीको ग्यारेन्टीजस्ता विषय अहिले पनि उठ्ने गरेका छन् ।

    विभिन्न निजी अस्पतालले नर्सलाई श्रम शोषण गरेको, महिनौसम्म पारिश्रमीक नदिने गरेको यो पेशामा लाग्नेको गुनासो छ । कामका लागि स्वदेशमाभन्दा विदेशमा नेपाली नर्सको माग बढ्दो हुँदा नर्स  विदेशीने क्रम पनि बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।