Logo

२०८३, कार्तिक २८गते


images
images

प्रधानमन्त्रीले गरे ‘सिग्नेचर ब्रिज’ को शिलान्यास

प्रधानमन्त्रीले गरे ‘सिग्नेचर ब्रिज’ को शिलान्यास

images
  • सेतोमसी सहकर्मी
  • प्रधानमन्त्रीले गरे ‘सिग्नेचर ब्रिज’ को शिलान्यास
    images

    राजेश पराजुली, चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ को शिलान्यास गरेका छन्। 

    images
    images
    images

    सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले उक्त ‘ब्रिज’ निर्माणले राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे।  त्यस्तै उनले भैतिक पूर्वाधारका क्षेत्रमा भएको तुलनात्मक अध्ययन नै नगरी देशमा केही विकास नभएको नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क समेत गरे।

    images
    images
    images

    पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’ शिलान्यास गर्दै पूल निर्माण सम्पन्न भएपछि पूर्वपश्चिम राजमार्गको सवारी चाप व्यवस्थित हुने र त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रको विकास हुने विस्वास व्यक्त गरे। 

    images
    images

    ‘सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ। सबैभन्दा महत्त्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,’ प्रधानमन्त्री सचिवालयले उल्लेख गरको छ, ‘यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवद्र्धधन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ।’

    यस्तै, प्रधानमन्त्री प्रचण्डले पछिल्लो दुई दशकमा देशमा निकै भैतिक पूर्वाधारका क्षेत्रमा प्रगती भएको बताएका छन्। 

    ‘विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,’ प्रधानमन्त्रीले थप भनेका छन्, ‘नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ।’

    पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट एक घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ‘सिग्नेचर ब्रिज’
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।