Logo

२०८३, कार्तिक २८गते


images
images

पोखरा-५ पूर्णखोप सुनिश्चित वडा घोषणा, जेठ १३ देखि पोलियोबिरुद्धको खोप अभियान

पोखरा-५ पूर्णखोप सुनिश्चित वडा घोषणा, जेठ १३ देखि पोलियोबिरुद्धको खोप अभियान

images
  • सेतोमसी सहकर्मी
  • पोखरा-५ पूर्णखोप सुनिश्चित वडा घोषणा, जेठ १३ देखि पोलियोबिरुद्धको खोप अभियान
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । पोखरा महानगर शहरी स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तथा पूर्णखोप कार्यक्रम संयोजक तेजाखर लम्सालले वडाध्यक्ष विष्णुप्रसाद बराललाई प्रमाणपत्र हस्तान्तरण गरेपछि पूर्णखोप सुनिश्चित वडा घोषणा भएको हो ।

    images
    images
    images

    शहरी स्वास्थ्य केन्द्र पोखरा-५ द्वारा आयोजित कार्यक्रममा वडाध्यक्ष बरालसहित सहभागीले पूर्णखोप सुनिश्चितता व्यानरमा हस्ताक्षर गरेका थिए ।

    images
    images
    images

    केन्द्र इन्चार्ज गणेश खड्काका अनुसार १६ देखि ५९ महिनाभित्रका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाइएको छ । वडामा एक हजार चार सय ३० खोप लगाउने लक्ष्य राखिएकोमा एक हजार पाँच सय ४० बालबालिकालाई खोप दिइएको उनले जानकारी दिए ।

    images
    images

    वडाध्यक्ष बरालले समयसीमा भित्रै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सम्भव भएको भन्दै यस अभियानमा सघाउने सबैप्रति आभार व्यक्त गरे । अझै पनि खोपको महत्व बुझाउन नसकिए कार्यक्रमको औचित्य नहुने भन्दै वडाध्यक्ष बरालले यस्ता कार्यक्रमलाई थप प्रभावकारी ढंगले अघि बढाउन आवश्यक रहेको बताए ।

    शहरी स्वास्थ्य महाशाखा जनस्वास्थ्य निरीक्षक लम्सालले पोखराका २६ वटा वडामा पूर्णखोप सुनिश्चितता घोषणा भइसकेको बताए । उनले बाँकी वडामा पनि छिट्टै घोषणा हुने दावी गरे । अहिले पनि खोज र खोप भन्ने अभियान सञ्चालन भइरहेको भन्दै छिट्टै महानगर पनि पूर्ण खोप सुनिश्चित पालिका हुने जानकारी दिए ।

    शहरी स्वास्थ्य केन्द्र पोखरा-५ व्यवस्थापन समिति संयोजक एवं वडा सदस्य कल्पना भुवाँजीको अध्यक्षतामा भएको कार्यक्रममा .सदस्य बदनकुमारी शर्मा, स्वास्थ्य स्वयंसेवी संयोजक गोमा सोती, केन्द्रकी कमला गौतम लगायतले बोलेका थिए ।

    केन्द्रले दिएको जानकारीअनुसार आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन हुनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।

    महानगर जनस्वास्थ्य निरीक्षक लम्सालका अनुसार पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइनेछ । उनले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो ।

    सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।
    खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्णखोप सुनिश्चित
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।