देवदह । रूपन्देहीको देवदहमा एकैरात तीन वटा मन्दिरमा चोरी भएको छ । देवदह-५ मितेरी गाउँमा अवस्थित दुर्गा मन्दिर, देवदह -७ मा अवस्थित कालिका मन्दिर र देवदह -८ बाङ्गालि स्थित शिव मन्दिरमा चोरी भएको हो ।
उल्लेखित मन्दिरहरुमध्ये देवदह-५, दुर्गा मन्दिर बाट ६-७ हजार, देवदह ७ माहाकाली शक्तिपिठ बाट ५०० वाट को एम्प्लिफाएर र देवदह ८ बाङ्गालि (दुर्गा मन्दिर) बाट २-३ हजार चोरी भएको पाईएको छ ।
देवदह ५ दुर्गा मन्दिर नजिकैको सि सि टि भि क्यामेराको फुटेज अनुसार उक्त चोरि राती १२:४३ मा भएको हो भने देवदह ७ महाकाली शक्तिपिठको सिसि टिभी अनुसार १:१० मा चोरी भएको ।
प्राप्त सिसिटिभी फुटेजमा एक जना युवा चोरी कार्यमा संलग्न भएको देखिएपनि उक्त युवाको पहिचान नखुलेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology