देवदह । रूपन्देहीको देवदहमा रहेको न्यु नमुना बोर्डिङ स्कुलले महावीर पुनको ५० वटा पुस्तक किनेको छ ।
आफ्नो आत्मकथा पुस्तक लिएर मंगलबार बेलुका देवदहको पाकरी आएका उनी आज देवदहको भलुही स्थित न्यु नमुना बोर्डिङ पुगेका थिए । उनले आफ्नो पुस्तक बिक्रीबाट संकलन भएको रकमले बिरगंजको कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्ने बताए ।
उनले आजसम्म गरेका संघर्ष र कार्यहरू विद्यार्थीका माझमा राखेका थिए ।विद्यार्थीहरू उनको उपस्थितिलाई लिएर निकै उत्साहित थिए।
उनलाई विद्यालयका प्राचार्य चुराबहादुर थापाले र सहप्राचार्य लक्ष्मी पुन अधिकारीले स्वागत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology