देवदह । देवदह नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको एक लाख बरावरको पुस्तक किन्ने भएकोे छ । आफ्नो आत्मकथा पुस्तक लिएर देवदहमा आउन् भएका डा. महावीर पुनको एक लाख बरावरको किताव किन्ने देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ्ले नगरपालिकामा आयोजित कार्यक्रममा घोषणा गरिन् ।
देवदह नगरपालिकामा बोल्दै डा. पुनले बिरगंजको कृषि औजार कारखाना संचालनको लागि सरकारले सहयोग नगरेपछि किताव बेच्न वाध्य भएको बताए
। किसानहरुको आवश्यकता पुरा गर्ने गरी बिरगंजको कृषि औजार कारखाना संचालन गर्न लागिरहेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोग गरेर कृषि गरे उत्पादन बृद्धि हुने हुदा कृषकलाई आवश्यक पर्ने कृषि औजार उत्पादन गर्ने गरी कारखाना संचालन गर्न लागेको बताए ।
नेपालमा युवाहरुको सोचाई परिवर्तन गरेर संघर्ष गर्न सिकाउन आवश्यक रहेकोमा जोड दिंदै उनले नेपालमा शिक्षा राम्रो भएपनि पढाई सकिएपछि अन्यौल रहेको विचार व्यक्त गरे । युवाहरुले उद्यमी बन्ने प्रयास गरेपनि राज्यले बातावरण तयार गर्न नसकेकोले युवाहरुलाई हौसला दिनको लागि आफुले किताब लेखेको भन्दै उनले असफल भयो भनेर निरास नहुन युवाहरूलाई सुझाए ।
डा. पुनले युवाहरुको सोच परिवर्तन गर्न सके कारखाना संचालन भन्दा ठूला उपलव्धी हुने प्राप्त गर्न सकिने औल्याए । बिरगंजमा रहेको कृषि औजार कारखाना संचालन गर्न सके रोजगार समेत सृजना हुने र देशको अर्थतन्त्र सुधार गर्नको लागि नेपालमा कलकारखाना संचालन गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।
राष्ट्रिय आविष्कार केन्द्रले पुस्तक बिक्रीबाट संकलन भएको रकमले बिरगंजको कृषि औजार कारखाना संचालन गर्ने गरी किताब विक्रिको अभियान संचालन गरिरहेको छ । जसको लागि अध्यक्ष पुन आफै किताब विक्री गर्न देश दौडाहामा छन् । उनी केही दिनदेखि देवदहमा पुस्तक विक्री गरिरहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology