Logo

२०८३, आश्विन ९गते


images
images

देवदह ९ र ४ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा

देवदह ९ र ४ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा

images
  • सेतोमसी सहकर्मी
  • देवदह ९ र ४ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका–९ र ४ लाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको छ । सरकारले तयार गरेको मापदण्ड पुरा गरेपछि दुवै वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    बुधबार एक कार्यक्रमका वीच देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ्ले दुवै वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्तको प्रमाण पत्र प्रदान गरिन् । 

    images
    images
    images

    सो अवसरमा बोल्दै कार्यवाहक नगर प्रमुख गुरुङ्गले मातृमृत्यु दर घटाउने गरी पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको बताइन्  । पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरेर मात्र नहुने उल्लेख गर्दै उनले सुनिश्चितता र दीगोपना आवश्यक रहेकोमा जोड  दिइन्  ।  देवदह नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताउदै उनले छिट्टै पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगर घोषणा गर्ने गरी अभियानलाई तिव्रता दिईरहेको  बताइन् ।   

    images
    images
    images

    वडामा रहेका ६० जना आमाहरु स्वास्थ्य संस्थामा प्रसुती गरेपछि पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले जानकारी दिए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रसुती सेवायुक्त वडा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।