देवदह । रूपन्देहीको देवदहमा रहेको देवदह मदरटङ्ग्स एकेडेमीले महावीर पुनको ६७ वटा किताब खरिद गरेको छ ।
आफ्नो आत्मकथा लिएर बिहिबार विद्यालय पुगेका पुनसंग विद्यालय, शिक्षक र कर्मचारीले ५० हजार बढीको पुस्तक खरिद गरेको विद्यालयका प्राचार्य रामबहादुर गुरुङले जानकारी दिए ।
सो अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले आजसम्म गरेका संघर्ष र कार्यहरू विद्यार्थीका माझमा राखेका थिए ।
उनलाई विद्यालयका प्राचार्य रामबहादुर गुरुङ र सहप्राचार्य यमलाल शर्माले र प्रबन्ध निर्देशक भिम प्रसाद गुरुङले स्वागत गरेका थिए ।
पुस्तक बिक्रीबाट संकलन भएको रकमले राष्ट्रिय आविष्कार केन्द्रले बिरगंजको कृषि औजार कारखाना सञ्चालन गर्ने पुनले बताउँदै आएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology