Logo

२०८३, कार्तिक २८गते


images
images

आज विश्वभर दूरसञ्चार दिवस मनाइँदै

आज विश्वभर दूरसञ्चार दिवस मनाइँदै

images
  • सेतोमसी सहकर्मी
  • आज विश्वभर दूरसञ्चार दिवस मनाइँदै
    images

    पोखरा । आज विश्व दूरसञ्चार दिवस । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर विश्वभर ५५औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

    images
    images
    images

    सन् १९१३ मा पहिलो पटक काठमाडौँमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो । सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो ।

    images
    images
    images

    सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्नेगरी एक सय लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो । सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि तीन लाइन क्षमताको एक्सचेन्ज काठमाडौँमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एक हजार लाइन क्षमताको बनाइयो ।

    images
    images

    सन् १९७४ मा माइक्रोवेभ लिंकलाई बिस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरिएको थियो । सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको सुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यावसायिक सुरुवात भयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।