Logo

२०८३, श्रावण २७गते


images
images

गाउँघर

गुल्मीकै अग्रणी माछापालक कृषक 'माछा कृष्ण'

गुल्मीकै अग्रणी माछापालक कृषक 'माछा कृष्ण'

सवैले आज भाेली वहाँलाइ 'माछा कृष्ण' भनेर बाेलाउँछन । याे नाम रुरुक्षेत्र ५ का कृष्ण प्रसाद ज्ञवालीकाे ब्राण्डेड नाम हाे । 
images
  • सेतोमसी सहकर्मी
  • गुल्मीकै अग्रणी माछापालक कृषक 'माछा कृष्ण'
    images
    images

    कृष्ण अन्जान, रुरुक्षेत्र । सवैले आज भाेली वहाँलाइ 'माछा कृष्ण' भनेर बाेलाउँछन । याे नाम रुरुक्षेत्र ५ का कृष्ण प्रसाद ज्ञवालीकाे ब्राण्डेड नाम हाे । 

    images
    images
    images

    बयालिस वर्ष चक र डस्टरसँग रगडिएका रुरुक्षेत्र ५ गेवँका ज्ञवाली जीवनका पछिल्ला चरणमा मास्टरि पेशाका निवृत्त जीवनलाइ व्यवसायीक माछा पालन तर्फ लगाउनु भएकाे छ । 

    images
    images
    images

    त्यसाे त २०५६ सालमा २ वटा पाेखरीमा माछापालन शुरु गर्नु भएका ज्ञवालीलाइ माछापालन तर्फ आकर्षित र उर्जा भर्ने काम अष्ट्रेलियन स्वयँसेवक डर्क एभेनेरिले गरे । "बम्घामा आएका अष्ट्रेलियन शिक्षक स्वयँसेवक एभेनरिकाे सल्लाह बमाजिम २ वटा पाेखरिमा माछापालन शुरु गरेकाे थिएँं, अहिले एघार वटा पाेखरीमा व्यवसायीक माछा पालन गरिरहेकाे छु" ज्ञवालीले भन्नु भयाे । 

    images
    images
    images

    उल्लिखाेला र पनियाटे खाेलाकाे दाेभान नजिकै करिब २६ राेपनि जग्गामा माछा फार्म फैलिएकाे छ, जहाँ ६५ वर्ष नाघेका ज्ञवालीकाे पौरखता देख्न पाइन्छ । 

    मुख्यतया रहु, नैनि, बिगहेड, कार्प, सिल्वर कार्प  र कमन कार्प जातका करिव तीस हजार माछाहरु माछा पाेखरीमा बयलि खेल्छन । 

    सत्तरी लाखकाे लागतमा शुरु गरिएकाे श्री कृष्ण पशुपन्छि तथा मत्स्य अनुसन्धान केन्द्र गुल्मी जिल्लाकै एकमात्र व्यवसायीक माछा पालन फार्म हाे । रुरुक्षेत्रकाे बलेटक्सार वहाँकाे माछाकाे बजार हाे र गतवर्ष माछा बेचेर सातलाख शुद्द मुनाफा गरेकाे कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयाे । 

    प्याक्ट सँस्थाबाट १० लाख र प्रदेश सरकारबाट ३ लाख अनुदान पाइसक्नु भएका ज्ञवालीले राष्ट्रपतिबाट उत्कृष्ट कृषककाे पुरस्कार पनि पाई सक्नु भएकाे छ । 

    पौरखतामा रम्न सके आफ्नै गाउँ घरका बन्जर जग्गामा सुनफलाउन सकिन्छ भन्ने उदाहरण माछापालक कृषक ज्ञवालीले चरितार्थ गर्नु भएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।